सरकारले विपद्का घटनामा बेपत्ता भएकाको परिवारलाई पनि मृतकसरह नै राहत उपलब्ध गराउने « Khabarhub

सरकारले विपद्का घटनामा बेपत्ता भएकाको परिवारलाई पनि मृतकसरह नै राहत उपलब्ध गराउने


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपत्तिमा परेर बेपत्ता भएकाहरूको अवस्था पत्ता नलागे परिवारलाई सरकारले मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय गरेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले गत जेठ २८ देखि विभिन्न विपद्का घटनामा परी बेपत्ता भएकाहरूको अवस्था पत्ता नलागे परिवारलाई मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय गरेको बताएका हुन् ।  

गृहमन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटनाहरू भएका र त्यसक्रममा १३० जनाको मृत्यु तथा १४४ जना घाइते भएका बताए । उनकाअनुसार ती विपद्का घटनाहरूमा त्यस्तै ४८ जना बेपत्ता भएका पनि संसदलाई जानकारी गराए । 

यस वर्षको बाढी–पहिरोबाट देशभर २३१ घर र ८४ गोठमा क्षति पुगेको, ४३ वटा पुल र २ वटा सरकारी भवन भत्किएको पनि गृहमन्त्री लेखकले संसदलाई जानकारी दिए । ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको पनि उनले बताए ।

प्राकृतिक विपद्बाट देशका ७७ वटै जिल्ला प्रभावित भएका र  विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको लेखकको भनाइ छ ।

विपद्का घटनामा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको गृहमन्त्री लेखकले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : १३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा