समाचार

विद्युत लाइन जोड्ने विषयमा सरकारले अनुचित निर्देशन दियो : सुदन किराँती

By खबरहब

July 23, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै किराँतीले सङ्ख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए ।

उनले विभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिएको भाषणले जगतलाई मूर्ख बनाउने काममात्रै भएको तर्क गरे ।

किराँतीले मौद्रिक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए ।

उनले अघिल्लो सरकारले अघि बढाएको छानविन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउदैन भन्दै प्रश्नसमेत गरेका थिए ।