पूर्वमन्त्री राय हत्या प्रकरण : अनुसन्धानमा खटियो सीआईबी, फरार तीन जनाको खोजी हुँदै « Khabarhub

पूर्वमन्त्री राय हत्या प्रकरण : अनुसन्धानमा खटियो सीआईबी, फरार तीन जनाको खोजी हुँदै


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सर्लाही निवासी पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे छानबिन अघि बढेको बताएका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार राति भएको रायको हत्याबारे गृहमन्त्री लेखकले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिएका हुन् ।

उनले घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरूको खोजी प्रहरीले गरिरहेको पनि खुलाएका छन् ।

राप्रपाका नेता राय सोमबार बिहान आफ्नै घरको कोठमा रगताम्य अवस्थामा मृत भेटिएका थिए ।

लेखकले उक्त घटनापछि उनको घरमा काम गर्ने सर्लाहीकै कविलासी नगरपालिकाका २१ वर्षीय रामउज्जैन रायलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताए ।

‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ’, लेखकले भने, ‘तीनजना फरारको खोजतलास भइरहेको छ ।’

लेखका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ ।

८० वर्षीय रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर खटाएको छ । रायको हत्यामा प्रयोग हतियार प्रहरीले घटनास्थलबाट बरामद गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ०४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल