इथियोपियामा पहिरोमा परी एक सय ४६ को मृत्यु « Khabarhub

इथियोपियामा पहिरोमा परी एक सय ४६ को मृत्यु


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको मंगलबार स्थानीय अधिकारीले बताएका छन् ।  

अधिकारीले मृतकको  सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् । अधिकारीका अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा भएको भारी वर्षाले सोमबारको पहिरो निम्त्याएको हो  ।

‘इथियोपियाको गोफा क्षेत्रको गेजे–गोफा जिल्लामा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छू’, गोफा क्षेत्र सञ्चार मामिला विभागले स्थानीय अधिकारी हाब्तामु फेटेनालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिरोमा परी ज्यान गुमाएका ९६ जना पुरुष र ५० जना महिलाको शव फेला परेको जानकारी दिँदै खोजी तथा उद्धार कार्य जारी रहेको हाब्तामुले बताए। 

सरकारी सञ्चार माध्यम ‘फाना ब्रोडकास्टिङ कर्पोरेट’ ले सार्वजनिक गरेका तस्बिरहरूमा सयौं मानिसहरू प्रभावित भएको पहिरोको विनाशकारी दृश्य प्रसारण गरिएको छ ।

दक्षिण इथियोपियामा  अप्रिल र मे महिनामा भएको मौसमी वर्षाले निम्त्याएको बाढीपहिरोले कयौँ मानिसहरूलाई  विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यलय ओसिएएचएले जनाएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : २८ बजे

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै