बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग वार्ता थाल्ने « Khabarhub

बिहारमा कोशीको बाढी रोक्न भारतले छुट्यायो ठूलो बजेट, नेपालसँग वार्ता थाल्ने


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- नेपालको छिमेकी भारतीय राज्य बिहारमा हरेक साल आउने बाढीसँग जुध्न भारत सरकारले ठूलो बजेट छुट्याएको छ ।

भारत सरकारका लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट भाषण गर्दै कोशीको बाढीबाट बिहारलाई जोगाउन बजेट छुट्याएको बताइन् ।

मंगलबार लोकसभामा बजेट भाषणका क्रममा वित्तमन्त्रीले बिहारलाई बाढीबाट जोगाउन विशेष योजना अघि सारिने बताइन् ।

उनले बजेट भाषणका क्रममा नेपालको तर्फबाट बाढी नियन्त्रणको काममा ध्यान दिइने बताइन् । उनले बिहारमा रहेका सिँचाइ परियोजनालाई बाढीबाट जोगाउन केन्द्र सरकारबाट ठूलो लगानी गर्ने बताइन् ।

यसका लागि ११ हजार ५०० करोड रुपैयाँको बजेट छुट्याएको जानकारी उनले दिइन् । यसमा कोशी-मिची इन्स्ट्र स्टेट लिङ्क, ब्याराज निर्माण र नदी प्रदूषण अन्त्यका लागि लगानी गरिने बताइन् । उनले कोशीको बाढीबाट बिहारलाई मुक्त गर्न अब सर्भे थालिने बताइन् ।

नेपालबाट आउने बाढी नियन्त्रण प्रणाली निर्माणमा पनि लगानी गरिने उनले बताइन् । वित्त मन्त्री सीतारमणले बिहारमा हरेक वर्ष नेपालबाट आउने बाढी नियण्त्रणका लागि ‘कन्ट्रोल सिस्टम’ बनाउने घोषणा गरिन् ।

वित्तमन्त्री सीतारमणले बजेट भाषणका क्रममा नेपालबाट आउने बाढी रोकथाम र नियन्त्रणका लागि सरकारी तहमा वार्ता अघि बढाउने पनि बताएकी छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ०४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु