बेलायतमा महिलाविरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’ « Khabarhub

बेलायतमा महिलाविरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

लण्डनइङ्ग्ल्यान्ड र वेल्समा दैनिक लगभग तीन हजार महिला हिंसाका अपराधहरू दर्ता भएसँगै यो एक ‘राष्ट्रिय आपतकाल’ भएको मंगलबार प्रकाशित गरेको नयाँ प्रतिवेदनमार्फत प्रहरीले जनाएको छ । 

दुई कानून प्रवर्तन निकायद्वारा गरिएको अध्ययनले प्रत्येक वर्ष १२ जना महिलामध्ये कम्तिमा एक जना महिला हिंसाको सिकार हुने अनुमान गरेको छ । 

‘महिला र बालिका विरुद्धको हिंसा राष्ट्रिय आपतकाल हो’, वरिष्ठ प्रहरी प्रमुख म्यागी ब्लिथले प्रतिवेदनसँगको टिप्पणीमा भने। 

सन् २०२२ देखि २०२३ सम्ममा महिला र बालिका विरुद्ध दश लाखभन्दा बढी हिंसात्मक अपराध प्रहरीमा दर्ता भएको अध्ययनले जनाएको छ । 

प्रतिवेदनले सन् २०१८-२०१९  देखी गत वर्षसम्म महिला र बालिका विरुद्धको हिंसामा ३७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।  सन् २०१३ देखी सन् २०२२ को बीचमा बाल यौन दुर्व्यवहार र शोषणका अपराधहरू ४३५ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । 

प्रतिवेदनले ८५ प्रतिशत हिंसा र उत्पीडन अनलाइनसँग सम्बन्धित रहेको बताएको छ । बेलायतको आन्तरिक मामिला मन्त्रालयले गत वर्ष फेब्रुअरीमा महिला र बालिका विरुद्धको हिंसालाई सार्वजनिक सुरक्षाका लागि राष्ट्रिय खतरा घोषणा गरेको थियो । 

गत वर्ष ४ हजार ५०० भन्दा बढी नयाँ अधिकारीहरूलाई बलात्कार र गम्भीर यौन अपराधहरूको अनुसन्धान गर्न प्रशिक्षण दिइएको थियो । 

सन् २०२२ डिसेम्बर को अन्त्यदेखि २०२३ डिसेम्बरको अन्त्यसम्म वयस्क बलात्कारको आरोपमा ३८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : २५ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट