ओलीको निर्देशनपछि ६ वटा उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय « Khabarhub

ओलीको निर्देशनपछि ६ वटा उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको बिजुली नेपाल विद्युत् प्राधिकरण जोडिदिने निर्णयमा पुगेको छ ।

मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय प्रवक्ता चन्दनकुरमा घोषले खबरहबलाई बताए ।

‘मंगलबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो’, उनले भने, ‘तर उक्त निर्णयमा सञ्चालक समितिका एकजना सदस्यले हस्ताक्षर गर्न बाँकी छ ।’

बिजुलीको वक्यौता महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलसहित ६ उद्योगको लाइन काटिदिएको थियो ।

त्यसपछि उक्त काटिएको लाइन जोडिदिन प्राधिकरणलाई दबाब परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत काटिएका लाइन जोडिदिन प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।

यस्तोमा प्राधिकरणले आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरे नियमअनुसार बक्यौता रकम असुली गर्ने सर्तमा बिजुली जोड्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले यसअघि नै घिसिङलाई बालुवाटारमा बोलाएर तत्काल उद्योगको विद्युत जोड्न निर्देशन दिएका थिए । तर, घिसिङले ओलीको निर्देशन मानेका थिएनन् । ओलीको निर्देशन नमानेपछि सरकारले उनलाई हटाउने गरी स्पष्टीकरण तयारी गरेको थियो ।

ओलीको निर्देशन घिसिङले नमानेको विषयलाई लिएर मंगलबारको संसदमा पनि कुरा उठेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले घिसिङलाई साथ दिँदै उद्योगले नतिरेको पैसा उठाउनुपर्ने बताएको छ । तर एमालेले भने डेडिकेटेड र ट्रंक लाइनको बिल प्राधिकरणसँग नरहेको भन्दै त्यसरी बिजुली काट्नु ठीक नभएको बताइरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : १९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन