कोशीका पूर्वमुख्यमन्त्रीले धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले गुहारे प्रशासन « Khabarhub

कोशीका पूर्वमुख्यमन्त्रीले धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले गुहारे प्रशासन


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले त्यहाँस्थित सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गरी शौचालय थुन्ने धम्की दिएका छन् ।

कार्कीले सोमबार अपरान्ह आफूलाई फोन गरेर कुटपिट गरी शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईले विज्ञप्ति निकालेरै जनाएका छन् ।

कुटपिटको धम्की आएपछि सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको मागसहित निवेदन दिएका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले विराट गोल्डकपका लागि आफूद्वारा घोषित २५ लाख रुपैयाँ मन्त्रालयले भुक्तानी नगरे भन्दै रिसाएका थिए । त्यही रिसमा उनले भट्टराई कुटपिटको धम्की दिएको बताइएको छ ।

‘कुटपिट गरेर शौचालयमा लगेर थुन्ने धम्की आयो, त्यसपछि मैले सुरक्षा माग गरेँ, मलाई सोमबार अपरान्ह ४:५३ मा फोन आएको थियो, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा निवेदन दिएको छु’ सचिव भट्टराईले भनेका छन्, ‘पुरानो फाइललाई भुक्तानी दिन अर्थले सहमति दिएन । त्यसको रिस उहाँले मलाई पोख्नु भएको होला । अर्थ मन्त्रालयमा रोकिने कुरा हामीबाट सम्भव हुँदैन ।’

विराट गोल्डकपको रकम भुक्तानीको माग आएपछि अर्थ मन्त्रालयमा पैसा मागिएको बताए । तर अर्थले पुरानो भुक्तानी दिन सहमति नदिएको उनको दाबी छ ।

पूर्वमुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै उजुरी आएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रशासनले पनि कार्कीलाई सोधेको थियो । उनले पनि कुट्ने धम्की दिएको स्वीकारेको प्रशासन स्रोतको भनाइ छ ।

विराट गोल्ड कप ट्रष्टका पदाधिकारीले प्रतियोगिता भइट्ठके पनि रकम नआएको भन्दै पूर्व मुख्यमन्त्री कार्कीलाई गुनासो गरेका थिए । त्यसपछि कवि भैरोदान सुरानालाई श्रद्धाञ्जली दिन पुगेका कार्कीले सचिव भट्टराईलाई फोन गरेर भुक्तानी विवादमा कुटपिट गरी शौचालयमा थुन्ने धम्की दिएका थिए ।

कार्कीले मुख्यमन्त्री हुँदा आफैंले आर्थिक मामिला तथा योजना मन्त्रालय लिएका थिए । आफू मन्त्री हुँदा भुक्तानी नगराएका उनले बाहिरिएपछि सचिवसँग विवाद गरेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ५४ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य