कोशीमा डीएसपीसहित ३ सय १२ जना प्रहरी कारवाहीमा « Khabarhub

कोशीमा डीएसपीसहित ३ सय १२ जना प्रहरी कारवाहीमा


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०-८१ मा प्रहरी मर्यादा विपरित र अवाञ्छित क्रियाकलाप गर्ने एक जना डीएसपी सहित ३ सय १२ जना प्रहरीहरूलाई कारवाही गरेको छ । 

विराटनगर स्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको आर्थिक वर्ष ०८०-८१ को वार्षिक प्रगति सार्वजनिकिकरण कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यक्रममा आर्थिक वर्ष ०८०-८१ मा ९ हजार ३ सय ८७ वटा मुद्दा दर्ता भएको र  बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ताको सङ्ख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजार ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको बताए ।

उनले सिटी सफारी सेवा भन्दा पनि व्यापार भएकाले यसलाई समयमा नियन्त्रण गर्न नसके ट्राफिक समस्या बन्न सक्ने बताए ।

कोशी प्रदेश प्रहरी कार्यालयले पेण्डिङ मुद्दाको अनुसन्धान कार्ययोजना बनाएर अघि बढेको र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षमा प्रहरीको सवारी साधनमा जिपिएस प्रणाली संचालन गर्ने बताइएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ६ : ०१ बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार