सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन सुरु « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशन सुरु


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको विषेश अधिवेशनअन्तर्गत पहिलो बैठक कारबाही आजदेखि सुरु भएको छ । 

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका दलले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आज दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका थिए । 

बैठकको कारबाही प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्तपत्रको व्यहोरा वाचन गरेर अर्को सूचना प्रकाशित नभएसम्म आजको बैठक स्थगित गरिएको जानकारी दिए। 

प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वनसम्बन्धी प्राप्त पत्रमा अधिवेशन बोलाउनुपर्ने कारण नखुलाइएकाले आज पहिलो बैठक सुरु भए पनि थप कारबाही अघि नबढेको बताए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गर्नुको कारण खुलेर आएपछि सोही बमोजिम बैठकका कारबाही अघि बढ्ने जोशीले बताए।

 केन्द्रमा समीकरण फेरिएसँगै गत असार २३ गते नेकपा ९एमाले० प्रदेश सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

योसँगै गत असार १ गते प्रदेशसभामा प्रस्तुत आव २०८१-८२ को बजेट पारित हुन सकेको छैन । कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याउने प्रयास गर्दा कांग्रेस, एमालेसहितका दलले प्रदेशसभाको विषेश अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए ।

सरकारको सिफारिसमा प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन यही साउन ४ गते प्रदेशसभाका सदस्यको माग बमोजिम प्रदेश प्रमुखले अर्को अधिवेशन आह्वान गरेका हुन् । 

प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरी समयमै पारित गर्न ढिलाइ गरिएको, अध्यादेशमार्फत पनि बजेट नल्याएपछि आव २०८१-८२ सुरु भएको दिनदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व संकलन र खर्च गर्ने कार्य ठप्प छ । 

कांग्रेस, एमालेलगायत दलले प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्‍याइएको भन्दै विरोध गर्दै आएका छन् । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ६ : ४१ बजे

अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र

देउवा, प्रचण्ड र माधवपछि कमल थापा पनि एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास

महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली  

काठमाडौं–  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

एजेन्सी– अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको