सातामा २६ अङ्कले नेप्से घट्दा बैंकिङ समूहमा उछाल | Khabarhub Khabarhub

शेयर

सातामा २६ अङ्कले नेप्से घट्दा बैंकिङ समूहमा उछाल

कुन समूहको अवस्था कस्तो ?


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ महिनाको पहिलो साता अर्थात भदौ २ गतेदेखि ६ गतेसम्म शेयर बजार ३ दिन मात्र कारोबार भएको छ । सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले ३ दिन मात्र बजार खुल्ला हुँदा नेपाल स्टक एक्सचेञ्ज–नेप्से) भने २६.३५ अङ्कले घटेको छ ।

सातामा ३ दिन शेयर कारोबार हुँदा आइतबार नेप्से ३४ अङ्कले घटेको थियो भने बाँकी २ दिन झिनो अङ्कले बढेको थियो । यो साता नेप्से घट्ता बढी अङ्कले घट्ने र बढ्दा झिनो अङ्कले बढ्ने भएकाले २ दिन बजार बढ्दा पनि समग्रमा सातामा नेप्से घटेको देखियो ।

अघिल्लो साताको बिहीबार ३०००.८१ बिन्दुमा रहेको नेप्से २६ अङ्कले घटेर यो साताको बिहीबारसम्म आउँदा २९७४.४६ बिन्दुमा पुग्यो । प्रत्यक दिन नेप्सेले ३ हजारको बिन्दु पार गरेपनि ३ हजार माथि बजार भने रोकिन सकेन । त्यसले गर्दा पनि सातामा कारोबार भएको ३ नै दिन बजारमा निकै उतारचढाव देखियो ।

एकै दिनमा बजार घट्ने र बढ्ने क्रम बजार खुलेको ३ नै दिन कायम नै रह्यो । बजार बढेपछि घट्ने र घटेपछि बढ्ने बजारको सुन्दर पक्ष भएको नेपाल शेयरधनी संघका अन्यक्ष घनश्याम पाण्डे बताउँछन् । ‘एकै दिनमा बजार करेक्सन हुँदै माथि जाँदै गरेको देखिएको छ’, पाण्डेले भने, ‘त्यो नै बजारको सुन्दर पक्ष हो ।’

सातामा ३ दिन नेप्से कारोबार हुँदा समग्रमा दैनिक औषत ८.७८ अङ्कले बजार घट्यो । २ दिन बजार बढ्दा पनि समग्रमा बजार दैनिक ८ अङ्कले घट्यो । यो साताको घटाइ बजारको करेक्सन भए पनि समग्रमा भने बजार बढ्ने अध्यक्ष पाण्डेको भनाइ छ । ‘बजारमा करेक्सन आउनु सामान्य कुरा हो’, पाण्डेले भने, ‘तर, बजार अझै बढ्छ ।’

यो साता ३ दिनमा ६५ अर्ब ७६ करोड २३ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औषत २१ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भयो । शेयर बजारमा अझै संस्थागत लगानिकर्ता आइनसेकेकाले बजारमा कारोबार पनि अझै बढ्ने जनरल इन्भेष्टर एसोसिएसन अध्यक्ष दीपक कार्की बताउँछन् ।

साउनमा बैंकहरू कर्जा प्रवाहमा भन्दा पनि कर्जा रिकभरिमा लाग्ने भएकाले पनि शेयर कर्जा धेरै जारी नभएको कार्कीको भनाइ छ । ‘अब भदैबाट संस्थागत लगानिकर्ताले ऋण लिएर शेयर बजारमा प्रवेश गर्छन्’, कार्कीले भने, ‘त्यसपछि बजार र कारोबार दुवै बढ्छ ।’

३ दिनको अवधिमा १२ करोड ८४ लाख ४ हजार ७०० कित्ता शेयर कारोबार हुँदा दैनिक औषत ४ करोड २८ लाख १ हजार ५६६ कित्ता शेयर कारोबार भयो । सातामा ७ लाख १६ हजार ७७२ पटक शेयर किनबेच हुँदा दैनिक औषत २ लाख ३८ हजार ९२४ पटक शेयर कारोबार भयो ।

कुन समूहको अवस्था कस्तो ?

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमात्र बढेको छ । अन्य ७ वटा समूह भने घटेको छ । यो साता ३ दिन कारोबार हुँदा वाणिज्य बैंक समूह र विकास बैंक समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ ।

सातामा समूहमा सबैभन्दा बढी बढ्नेमा विकास बैंक रहेको छ भने सबैभन्दा बढी घट्नेमा होटल एण्ड टुरिजम समूह रहेको छ ।

विकास बैंक १६७ अङ्कले बढ्यो

३ दिन शेयर कारोबार हुँदा विकास बैंक समूह १६७.३२ अङ्कले बढेको छ । १६ वटा विकास बैंक सूचीकृत भएको समूहमा दैनिक औषत ५५.७७३ अङ्कले बढेको छ ।

सातामा विकास बैंक समूह ५ अर्ब ९८ करोड ८८ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा दैनिक औषत १ अर्ब ९९ करोड ६२ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।

उक्त समूह ३ दिनमा १ करोड १२ लाख २८ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत ३७ लाख ४२ हजार ८२७ कित्ता शेयर कारोबार भएको छ ।

३ दिनको अवधिमा ४७ हजार ५५७ पटक शेयर किनबेच हुँदा दैनिक औषत १५ हजार ८५२ पटक शेयर किनबेच भएको छ ।

फाइनान्स समूहमा ७ अर्बभन्दा बढीको कारोबार

यो साता सबैभन्दा बढी बढ्ने समूहमा दोस्रो नम्बरमा फाइनान्स समूह रहेको छ । ३ दिनमा उक्त समूह १२६.७८ अङ्कले बढेको छ । १५ वटा सम्पनी सूचीकृत भएको फानान्स समूह दैनिक औषत ४२.२६ अङ्कले बढेको छ ।

३ दिनको अवधिमा ७ अर्ब ७३ करोड ११ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत २ अर्ब ५७ करोड ७० लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

उक्त समूह सातामा ९० लाख ९३ हजार ७९९ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत ३० लाख ३१ हजार २६६ कित्ता शेयर किनबेच भएको छ ।

फाइनान्स ३ दिनमा ५९ हजार १०१ पटक शेयर किनबेच भएको छ भने दैनिक औषत १९ हजार ७०० पटक शेयर किनबेच भएको छ ।

२७ अङ्कले बढ्यो वाणिज्य बैंक

वाणिज्य बैंक समूहमा १९ वटा बैंकहरू सूचीकृत रहेका छन् । उक्त समूह साताको ३ दिनमा २७.२५ अङ्कले वृद्धि भएको छ भने दैनिक औषत ९.०८ अङ्कले वृद्धि भएको छ ।

वाणिज्य बैंकले यो साता १० अर्ब ४० करोड १२ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने दैनिक औषत ३ अर्ब ४६ करोड ७० लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

सातामा ३ दिन कारोबार हुँदा २९ लाख ९६ हजार ७५५ कित्ता शेयर खरिदविक्री भएको छ । ३ दिनमा दैनिक औषत ९ लाख ९८ हजार ९१८ कित्ता शेयर खरिदविक्री भएको छ ।

वाणिज्य समूहमा सातामा १ लाख ५ हजार ६ पटक शेयर किबेच हुँदा दैनिक औषत ३५ हजार २ पटक शेयर किनबेच भएको छ ।

७४ अङ्कले बढ्यो अन्य समूह

६ वटा कम्पनी सूचीकृत रहेको अन्य समूह सातामा ३ दिन शेयर कारोबार हुँदा ७४.२१ अङ्कले बढेको छ । अन्य समूहको ३ दिन कारोबार हुँदा दैनिक औषत २४.७३६ अङ्कले बढेको छ ।

उक्त समूह ३ दिनमा ३ अर्ब ७ करोड ७९ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने दैनिक औषत १ अर्ब २ करोड ५९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

अन्य समूह बढ्दा ३ दिनमा ३१ लाख ९७ हजार १७१ कित्ता शेयर किनबेच भएको छ । दैनिक औषत १० लाख ६५ हजार ७२३ कित्ता शेयर किनबचे भएको छ ।

उक्त समूहको सातामा २६ हजार ५५ पटक शेयर किनबेच हुँदा दैनिक औषत ८ हजार ६८५ पटक शेयर किनबेच भएको छ ।

बढ्ने समूहमा जीवन बीमा पनि

१३ वटा समूहमध्ये हरियाली छाउने समूहमा जीवन बीमा समूह पनि परेके छ । १२ वटा जीवन बीमा कम्पनीले सूचकृत रहेको उक्त समूह ३ दिनको अवधिमा १५.४७ अङ्कले बढेको छ । दैनिक औषत भने ५.१५ अङ्कले बढेको छ ।

उक्त समूहको ३ दिनमा ४ अर्ब १२ करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दैनिक औषत १ अर्ब ३७ करोड ४१ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

जीवन बीमाको १२ वटा कम्पनीको गरेर ३ दिनको अवधिमा ५५ लाख ३५ हजार ७१ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत १८ लाख ४५ हजार २३ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूहको शेयर सातामा ६३ हजार ८५७ पटक किनबेच भएको छ भने दैनिक औषत २१ हजार २८५ पटक किनबेच भएको छ ।

झिनो अङ्कले बढ्यो म्युचअल फण्ड

यो साता म्युचअल फण्ड झिनो अङ्कले बढेको छ । ३ दिन शेयर कारोबार हुँदा उक्त समूह ०.०५ अङ्कले बढेको छ । नेप्सेमा ३६ वटा सूचीकृत म्युचअल फण्ड रहदा दैनिक औषत ०.०१६ अङ्कले बढेको छ ।

उक्त समूह सातामा १६ करोड ३७ लाख ६० हजार रुपैयाँ कारोबार हुँदा दैनिक औषत ५ करोड ४५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

म्युचअल फण्डको ३ दिनमा १ करोड ५६ लाख ६६ हजार ४१० कित्ता शेयर कारोबार भएको छ । दैनिक औषत ५२ लाख २२ हजार १३६ कित्ता शेयर कारोबार भएको छ ।

फण्ड सातामा ६ हजार ४९४ पटक किनबेच भएको छ भने दैनिक औषत २ हजार १६४ पटक किनबेच भएको छ ।

धेरै घट्ने समूहमा होटल एण्ड टुरिजम

यो साता बढी घट्ने समूहमा होटल एण्ड टुरिजम समूह रहेको छ । ३ दिन मात्र शेयर कारोबार हुँदा पनि उक्त समूह ३२८.६३ अङ्कले घटेको छ । ६ वटा कम्पनी सूचीकृत रहेको उक्त समूह दैनिक औषत १०९.५४३ अङ्कले घटेको छ ।

उक्त समूहको सातामा कारोबार भने ९६ करोड ६४ लाख ३५ हजार रुपैयाँ हुँदा दैनिक औषत ३२ करोड २१ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

सातामा यो समूह ११ लाख ४ हजार ६५४ कित्ता शेयर किनबेच भएको छ । ३ दिन कारोबार हुँदा दैनिक औषत ३ लाख ६८ हजार २१८ कित्ता शेयर किनबेच भएको छ ।

सातामा ८ हजार ३२० पटक उक्त समूहको शेयर किनबेच हुँदा दैनिक औषत २ हजार ७७३ पटक किनबेच भएको छ ।

हाइड्रो १५० अङ्कले घट्यो

यो साता हाइड्रो समूह १५०.३२ अङ्कले घटेको छ । ८८ वटा कम्पनी नेप्सेमा सूचीकृत रहेको हइड्रो समूह दैनिक औषत ५०.१०६ अङ्कले घटेको छ ।

कारोबारको हिसावले सबैभन्दा बढी यो साता हाइड्रो समूहको कारोबार भएको छ । ३ दिनमा १९ अर्ब ४० करोड ८२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत ६ अर्ब ४६ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त समूह ३ दिनको अवधिमा ५ करोड ४ लाख १३ हजार ५४८ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत १ करोड ६८ लाख ४ हजार ५१६ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूहको शेयर ३ दिनमा २ लाख ६० हनार ७२३ पटक किनबेच हुँदा दैनिक औषत ८६ हजार ९०७ पटक किनबेच भएको छ ।

उत्पादन समूहमा पनि भारी गिरावट

उत्पादन समूहमा पनि भारी गिरावट आएको छ । उक्त समूह ३ दिनको अवधिमा २८३.३ अङ्कले घटेको छ । ८ वटा कम्पनी सूचीकृत रहेकोमा दैनिक औषत ९४.४३ अङ्कले घटेको छ ।

उक्त समूह ३ दिनको अवधिमा ७६ करोड ११ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने दैनिक औषत २५ करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

उत्पादन समूहको ३ दिनमा ९ लाख ८ हजार ७ कित्ता शेयर किनबेच भएको छ । दैनिक औषत ३ लाख २६ हजार ६६९ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूहको शेयर सातामा १० हजार १०६ पटक किनबेच भएको छ भने दैनिक औषत ३ हजार ३६८ पटक किनबेच भएको छ ।

निर्जीवन बीमाको कारोबार २ अर्ब मात्र

निर्जीवन बीमा समूह सातामा २ अर्ब बढीको मात्र कारोबार भएको छ । उक्त समूह ३ दिनमा २०२.६७ अङ्कले घटेको छ । १२ वटा निर्जीवन बीमा सूचीकृत हुँदा दैनिक औषत ६७.५५ अङ्कले घटेको छ ।

उक्त समूहको सातामा २ अर्ब ९८ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत ९९ करोड ३५ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जीवन बीमा ३ दिनको अवधिमा ३२ लाख २४४ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत १० लाख ६६ हजार ७४८ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूहमा सूचीकत कम्पनीको शेयर ३ दिनमा २० हजार ८९२ पटक किनबेच हुँदा दैनिक औषत ६ हजार ९६४ पटक शेयर किनबेच भएको छ ।

ट्रेडिङ समूह २०६ अङ्कले घट्यो

ट्रेडिङ समूह सातामा २०६.०८ अङ्कले घटेको छ । २ वटा कम्पनी सूचीकृत भएको उक्त समूहमा दैनिक औषत ६८.६९ अङ्कले घटेको छ ।

उक्त समूह ३ दिनको अवधिमा २० करोड १३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत ६ अर्ब ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो साता ट्रेडिङको ३० हजार ७८४ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत १० हजार २६१ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूहको सूचीकृत कम्पनिको शेयर ३ दिनमा ९४४ पटक किनबेच भएको छ भने दैनिक औषत ३१४ पटक किनबेच भएको छ ।

लघुवित्तमा दैनिक १५ अङ्कको गिरावट

५० वटा लघुवित्त कम्पनी सूचीकृत रहेको लघुवित्त समूह सातामा ३ दिन शेयर कारोबार हँदा ४७.७७ अङ्कले घटेको छ । उक्त समूह दैनिक औषत १५.९२ अङ्कले घटेको छ ।

सातामा ३ अर्ब ५९ करोड २७ लाख २४ हजार रुपैयाँको कारोबार हुँदा दैनिक औषत १ अर्ब १९ करोड ७५ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

उक्त समूहको ३२ लाख ३४ हजार ७ कित्ता शेयर ३ दिनको अवधिमा कारोबार भएको छ । दैनिक औषत १० लाख ७८ हजार २ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूह ४१ हजार १०७ पटक शेयर किनबेच भएको छ भने दैनिक औषत १३ हजार ७०२ पटक किनबेच भएको छ ।

झिनो अङ्कले घट्यो इन्भेष्टमेन्ट समूह

७ वटा कम्पनी सूचीकृत रहेको इन्भेष्टमेन्ट समूह झिनो अङ्कले घटेको छ । ३ दिनमा १.९६ अङ्कले उक्त समूह घट्दा दैनिक औषत ०.६५ अङ्कले घटेको छ ।

इन्भेष्टमेन्टको ३ दिनको अवधिमा ७ वटा कम्पनीमा गरेर ४ अर्ब ७१ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत १ अर्ब ५३ करोड ७२ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

३ दिनमा इन्भेष्टमेन्टमा ८० लाख ४९ हजार ८०९ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत २६ लाख ८३ हजार २६९ कित्ता शेयर किनबेच भएको छ ।

७ वटा कम्पनीमा गरेर ३ दिनमा ४२ हजार २५९ पटक शेयर किनबेच भएको छ । दैनिक औषत १४ हजार ८६ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ५१ बजे

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले

कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित

खरिद बिल नदेखाउने फर्मलाई जरिवाना

वीरगञ्ज – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा

स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा : मन्त्री पौडेल

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर

आजका समाचार : धरहरा खुल्दै, उपनिर्वाचन मंसिर १६ मा र प्रसाईंलाई पक्राउ पुर्जी

गठबन्धनको न्यूनतम साझा कार्यक्रम कार्यदलले प्रधानमन्त्रीलाई बुझाउँदै नेपाली कांग्रेस र