मंसिरमा स्थानीय तहको उपचुनाव हुने (३५ सिटको सूचीसहित) | Khabarhub Khabarhub

मंसिरमा स्थानीय तहको उपचुनाव हुने (३५ सिटको सूचीसहित)


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लाहरुमा जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचनको तयारी थालेको छ । आयोगले विभिन्न कारणले जनप्रतिनिधिविहीन रहेका स्थानीय तहमा उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिसकेको छ ।

विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको भन्दै आयोगले साउन २९ मा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।

गाउँपालिका तथा नगरपालिकाका विभिन्न पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई मध्यनजर गर्दै उपनिर्वाचनमार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोकेर उपनिर्वाचनद्वारा पदपूर्ति गर्ने व्यवस्था छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

सोही कारण सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मताधिकार सुनिश्चित गर्न आयोगले वक्तव्यमार्फत् आग्रह गरेको छ ।

आयोगका अनुसार कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, सुनसरी, ओखलढुंगा र उदयपुर, मधेश प्रदेशका सप्तरी र रौतहट, बागमती प्रदेशका दोलखा, काठमाडौं, नुवाकोट र मकवानपुरका विभिन्न स्थानीय तहमा उपनिर्वाचनबाट पदपूर्ति गर्नुपर्ने छ ।

यस्तै गण्डकी प्रदेशको गोरखा, लुम्बिनी प्रदेशका गुल्मी, रोल्पा र बर्दिया, कर्णाली प्रदेशका कालिकोट, जाजरकोट, डोल्पा र पश्चिम रुकुम तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला र कञ्चनपुरका केही स्थानीय तहहरुमा उपनिर्वाचन हुनेछ ।

निर्वाचन आयोगले सरकारसँगको परामर्शपछि आगामी मंसिर तेस्रो साता रिक्त जनप्रतिनिधिका लागि उपनिर्वाचन गर्ने तयारी थालेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने तयारी थालिएको जानकारी खबरहबलाई दिएका छन् ।

निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष र काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ ।

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपाध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद पनि रिक्त छन् ।

आगोगले उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिसकेपछि हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षविहीन भएको छ । गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको भदौ ४ मा सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्केगाड गाउँपालिकामा पनि उपाध्यक्ष पदका लागि एकैसाथ उपनिर्वाचन हुनेछ ।

सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा दुर्घटना हुँदा घाइते भएका कार्कीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियालले उपनिर्वाचन हुनुभन्दा एक महिना अघिसम्म पद रिक्त हुन जाने स्थानीय तहमा पदपूर्तिका लागि उपनिर्वाचन गरिने जानकारी दिएका छन् ।

‘एक महिना अगाडिसम्म कुनै कारणले कतै पद रिक्त भयो भने पनि उपनिर्वाचन गरेर पदपूर्ति गर्ने गरी आयोगले तयारी गरिरहेको छ,’ उनले खबरहबसँगको कुराकानीमा भने ।

वडाध्यक्षका लागि उपनिर्वाचन हुने स्थानीय तह–

झापाको कन्काई नगरपालिका–६

तेह्रथुमको लालीगुराँस नगरपालिका–८

सुनसरीको गढी गाउँपालिका–६

ओखलढुंगाको मोलुङ गाउँपालिका–५

उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका– ९

सप्तरीको डाक्नेश्वरी नगरपालिका–४

रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढिमाई नगरपालिका–८

काठमाडौंको कीर्तिपुर नगरपालिका–१ र  ४

काठमाडौंको काठमाडौं महानगरपालिका–१६

नुवाकोटको ककनी गाउँपालिका–२

मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२

गोरखाको गोरखा नगरपालिका–५

गुल्मीको मुसिकोट नगरपालिका–१

रोल्पाको रून्टिगढी गाउँपालिका–४

बर्दियाको ठाकुरबाबा नगरपालिका–४

दैलेखको दुल्लु नगरपालिका–१३

कालिकोटको तिलागुफा नगरपालिका–४

जाजरकोटको कुशे गाउँपालिका–७

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५

बझाङको सुर्मा गाउँपालिका–४

डोटीको पूर्वीचौकी गाउँपालिका–६

दार्चुलाको दुहुँ गाउँपालिका–५

कञ्चनपुरको भीमदत्त नगरपालिका–६

कांग्रेसलाई १५ र एमालेलाई ७ वडाध्यक्ष जोगाउने चुनौती

जनप्रतिनिधि रिक्त रहेका विभिन्न स्थानीय तहका ३५ (हुम्लाको सर्केगाडसहित) पदमध्ये २८ पदहरु वडाध्यक्षका रिक्त भएका छन् । जसअनुसार ०७९ वैशाख ३० मा सम्पन्न निर्वाचनपछि संसदको ठूलो दल नेपाली कांग्रेसले १५ जना वडाध्यक्ष गुमाएको देखिन्छ ।

यस्तै दोस्रो ठूलो दल नेकपा एमालेले ७, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ४, जनता समाजवादी पार्टी (जसपा) नेपालले १ वडाध्यक्ष गुमाएको छ । एक जना स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षको पनि यसबीचमा पद रिक्त हुन पुगेको आयोगले जनाएको छ ।

कांग्रेसले वडाध्यक्ष गुमाएका वडाहरु–

लालीगुराँस नगरपालिका–८

त्रियुगा नगरपालिका–१२

बेलका नगरपालिका– ९

डाक्नेश्वरी नगरपालिका–४

राजपुर नगरपालिका–६

कीर्तिपुर नगरपालिका–१

काठमाडौं महानगरपालिका–१६

ककनी गाउँपालिका–२

मुसिकोट नगरपालिका–१

रून्टिगढी गाउँपालिका–४

ठाकुरबाबा नगरपालिका–४

सानीभेरी गाउँपालिका–५

पूर्वीचौकी गाउँपालिका–६

भीमदत्त नगरपालिका–६

एमालेले वडाध्यक्ष गुमाएका वडाहरु–

कन्काई नगरपालिका–६

गढी गाउँपालिका–६

इशनाथ नगरपालिका–७

गोरखा नगरपालिका–५

दुल्लु नगरपालिका–१३

त्रिपुरासुन्दरी नगरपालिका–५

बझाङको सुर्मा गाउँपालिका–४

माओवादीले वडाध्यक्ष गुमाएका वडाहरु–

हेटौडा उपमहानगरपालिका–१२

तिलागुफा नगरपालिका–४

कुशे गाउँपालिका–७

दुहु गाउँपालिका–५

जसपाले वडाध्यक्ष गुमाएको वडा : गढिमाई नगरपालिका– ८

स्वतन्त्रले गुमाएको वडा : कीर्तिपुर नगरपालिका– ४

गत स्थानीय तह निर्वाचनमा जितेको मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष पद कांग्रेसले गुमाउनु परेको छ । ग्रामथानमा जयप्रकाश गच्छदार थारु र कीर्तिपुरमा राजकुमार नकर्मी र महाबुमा लक्षुमन गुरुङ विजयी भएका थिए ।
गच्छदारले एमालेका शिवनारायण माझीलाई पराजित गरेका थिए । विजयी गच्छदार ७ हजार ६०५ मतका साथ विजयी हुँदा माझीले ६ हजार ९३ मत ल्याएका थिए । यस्तै नकर्मी ९ हजार ४३ मतसहित कीर्तिपुरको प्रमुखमा विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत पाएका थिए ।
उता दैलेखको महाबु गाउँपालिकामा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेर गुरुङ अध्यक्ष बनेका थिए । उनले २ हजार ९२९ मत ल्याउँदा उपाध्यायले २ हजार ५१९ मत प्राप्त गरेका थिए । कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा पनि उपाध्यक्ष गुमाएको छ ।
केही दिनअघि सवारी दुर्घटनामा निधन हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की भने माओवादीका तर्फबाट विजयी भएका हुन् । कांग्रेससँगको चुनावी गठबन्धनमा उनले एमालेका जूनकुमारी फडेरालाई पराजित गरेका थिए । कार्कीले ३ हजार २६९ मत पाउँदा फडेराले १ हजार ६४ मत ल्याएकी थिइन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ११ : ४४ बजे

भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ : विदेशमन्त्री जयशङ्कर

जेनेभा – भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’

वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा

रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रुकुम–पश्चिम । यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय

काठमाडौं – सरकारले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि