आज २०८१ साल भदौ ७ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल भदौ ७ गते शुक्रबारको राशिफल


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ ७ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २३ तारिख। भद्र कृष्ण पक्षको चौथी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सोचेको काम बन्नेछ। लगानीका क्षेत्रमा सहजता देखिन्छ। खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। परिवार र समाजको भाव बुझेर गरेको लगानीबाट फाइदा हुनेछ। अन्य क्षेत्रमा भन्दा व्यापारमा गरेको लगानीबाट नाफा हुने योग छ।

वृष : धन आर्जन गर्ने दिन छ। दैनिकी सधैभन्दा फरक ढंगले चल्नुपर्नेछ। बोल्दा चलाखी अपनाउनुभएमा काम बन्नेछ। धार्मिक व्यक्तिको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारले अप्ठेरो अवस्थामा राम्रो साथ दिनेछन्।

मिथुन : दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। राजनीतिमा झुकाव बढ्नेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट प्रगति हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ।

कर्कट : आज तपाईंले पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दैनिक व्यवहारमा प्रगति हुनेछ। परिवर्तनको सुरुवात परिवार भित्रबाट गरेर समाजमा अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा टकराब हुने जोखिम भएकाले बोल्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : तपाईंको प्रतिभाबाट सबै प्रभावित हुनेछन्। दायाँ र बायाँमा चन्द्र र सूर्यको प्रभाव रहेकाले तपाईंको बोली बिक्ने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्नु फाइदा हुनेछ। लगानी गर्ने भए स्वदेशमै उचित क्षेत्र खोज्नु राम्रो हुनेछ।

कन्या : बल भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। लामो समयदेखि रोकिएका काम सफल बन्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध रमाइलो मोडमा पुग्ने योग छ।

तुला : तपाईंका नयाँ योजनाको धेरै मानिसले खोजी गर्नेछन्। धेरै ठाउँमा सेवाका अवसर प्राप्त हुनेछन्। साना कुरामा अलमल गर्नुभन्दा ठुला कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक :सरस्वतीको साथले शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। विदेशको रमझमले तपाईंलाई प्रभावित पार्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीको प्रयासबाट मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : सञ्चित धन खर्च गर्ने समय छ। विपक्षी समूहले षड्यन्त्र गरिरहेकाले सचेत बन्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये ज्ञान, विज्ञान र प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्ने दिन छ।

मकर : बौद्धिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। संघ संस्थामा तपाईंको चरित्रमाथि प्रश्न उठ्ने खतरा देखिन्छ। समाजमा शंकालु नजरले हेर्ने साथीको संख्या धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भ : चन्द्रमासहितका शुभ ग्रहले तपाईंलाई साथ दिएका छन्। शनिदेव अल्पमतमा भएकाले तपाईंको काम बन्नेछ। कार्यक्षेत्रमा सम्मान मिल्ने योग छ। परिवारसँग बसेर खानपानको अवसर प्राप्त हुनेछ।

मीन : तपाईंको दैनिकी देखेर साथीभाइ र प्रशंसक खुसी हुनेछन्। आजको दिन धेरै समय सौन्दर्यका लागि बित्नेछ। अरुले तपाईंको प्रशंसा गरे पनि मन शान्त नहुने योग छ। मन चञ्चल हुँदा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : १८ बजे

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि

एमाले बैठकमा नवीना लामाले भनिन् : हामी साँच्चिकै खोक्रो राष्ट्रवादमा अल्झिएका रहेछौँ

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका