बाढीले कञ्चनपुरमा करोडौँको क्षति « Khabarhub

बाढीले कञ्चनपुरमा करोडौँको क्षति


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – असार तेस्रो साताको बाढीबाट जिल्लामा एक अर्ब ५० करोडको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो।

‘बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ। जिल्लाभर एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ मूल्य बराबरको क्षति भएको छ”, निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने।

कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको क्षति भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख ५२ हजार नौ सय, सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा र २२ लाख, जनताको तटबन्ध कार्यालयको रु ४७ करोड ४२ लाख ८३ हजार नौ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा एक करोड २३ लाख ९१ हजार गरी जम्मा एक अर्ब ६७ करोड १० लाख २१ हजार चार सय २९ बराबरकोे क्षति भएको छ। बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो।

असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन। भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ७ : २७ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को