मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ को अवस्था गम्भीर, पाँच जनालाई सडकमा निकालियो | Khabarhub Khabarhub

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ को अवस्था गम्भीर, पाँच जनालाई सडकमा निकालियो


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये पाँच जनालाई सडकमा निकालिएकाे छ ।

बेनीटार प्रहरी चेकपोष्टबाट दुर्घटनास्थलमा उद्धारमा खटिएका प्रहरी हवलदार ईश्वर थापाका अनुसार तीनजना महिला र दुई पुरुषलाई अचेत अवस्थामा डोरीको सहायताले सडकमा ल्याइएको हाे ।

सडकबाट करिब १५० मिटर तल बस खसेकाले यात्रुको उद्धारमा कठिनाइ भएको उनले बनाए । उनका अनुसार १४ जना यात्रुको अवस्था गम्भीर छ ।

बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । बस रहेको स्थानबाट सडकसम्म उक्लन निकै कठिन रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले एक पटकमा एक यात्रुलाई बोकेर ल्याइरहेका छन्‌ ।

घटनास्थलमा ट्राभल एजेन्सीका प्रतिनिधि आइपुगेका छन् । उनले बसमा ३९ जना यात्रु रहेका बताएका छन्‌ । हराएका यात्रु खोजी गर्न गोताखोर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १ : ३५ बजे

निजी क्षेत्रलाई अख्तियारको डर, लगानी निरुत्साहित हुने भन्दै गुहारियो मुख्यसचिव

काठमाडौं- निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने प्रस्तावित

१२ वर्षपछि गायनमा फर्किए योगेश्वर अमात्य

काठमाडौं- गायक योगेश्वर अमात्यले १२ वर्षपछि नयाँ गीत ‘कुनै दिन’

सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन

काठमाडौं- फिल्म ‘के घर के डेरा’ को दोस्रो सिक्वेल ‘घर

पलेशालाई ५ लाख रुपैयाँसहित कांग्रेसको सम्मान

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पाराओलम्पिक खेलमा कास्य पदक विजेता

रणवीर-दीपिकालाई पुत्रीलाभ !

काठमाडौं- बलिउड नायिका दीपिका पादुकोणले छोरी जन्माएकी छिन्‌ । मुम्बईंको