सबैले सबैको भाषालाई सम्मान गरौँ : राष्ट्रपति पौडेल  « Khabarhub

सबैले सबैको भाषालाई सम्मान गरौँ : राष्ट्रपति पौडेल 


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् ।

जयतु संस्कृतम् संस्थाद्वारा शुक्रबार शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सबैले सबैको भाषालाई सम्मान गर्नुपर्ने बताएका हुन् ।

‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ,’ राष्ट्रपति पौडेलले भने ।

संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ्दै गएको भन्दै उनले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठन–पाठन हुनुले यसको महत्वलाई दर्साइरहेको बताए ।

पौडेलले संस्कृत भाषा अमृत भाषा भन्दै संस्कृतभित्र रहेका अमर सन्देशहरूबाट अहिले पनि नेपाली आल्हादिन भइरहेका बताए । ‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने ।

शुक्ल यजुर्वेदलगायतका कैयौँ ग्रन्थ नेपालमै लेखिएको भन्ने अनुसन्धाताको विचार पाइने भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौं ऋषिहरूको तपोभूमि पनि नेपाल भएको स्मरण गरे ।

राष्ट्रपतिले २००४ सालमा बोल्न, लेख्न र संगठन गर्न नपाउने जनविरोधी एकतन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौंमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसंग उल्लेख गरे ।

‘जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम् आन्दोलनको ठूलो योगदान छ,’ उनले भने ।

संस्कृतमा वसुधैव कुटुम्बकम् भनेर विश्वन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्वमानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानवमात्रको सुख र समृद्धिको संकल्प गरिएको पाइन्छ भन्दै उनले यी उदात्त भावना र विचारलाई हामीले मनन र प्रयोग गर्न सक्नुपर्छ भने ।

जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा कार्य गर्नु खुसीको विषय भएको उनको भनाइ थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङगेललाई पुरस्कार प्रदान गरे ।

साथै राष्ट्रपति पौडेलले प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरे ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ३८ बजे

६ वटा एशोसिएसनले मागे नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रतिनिधित्व 

काठमाडौं– विभिन्न ६ वटा एशोसिएसनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो

पर्यटन प्रवर्द्धन गर्न ढोरपाटन र निसीखोलामा १८ घरबास सञ्चालन

ढोरपाटन– एक दशक अगाडिसम्म ढोरपाटन र निसीखोलामा एउटा पनि घरबास

अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने 

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना

प्रदेशसभा बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले बुझाए पत्र

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले