सहकारी ठगी प्रकरण : रविका साझेदार पूर्वडीआईजी छविले दिए बयान « Khabarhub

सहकारी ठगी प्रकरण : रविका साझेदार पूर्वडीआईजी छविले दिए बयान


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ ।

समितिले नेपाल प्रहरीका पूर्वडीआईजी जोशीलाई बोलाएर सिंहदरबारमा बयान लिएको हो ।

दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा लामिछानेका साझेदार रहेका जोशीलाई लिएको बयानबारे केही खुलाइएको छैन ।

उनको बयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।

गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) का साझेदार थिए । उनको बयानपछि मात्रै रास्वपा सभापति लामिछानेको बयान लिइँदैछ ।

जोशीकी आमाको निधन भएकाले बयानका लागि समितिले पर्खिएको थियो । यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।

तर आमाको काज किरिया भदौ ६ गते सकिएपछि त्यसको भोलिपल्ट छविले बयानमा आउने बताएका थिए ।

ती सदस्यका अनुसार जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो । समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।समितिले आज नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक हुन् ।

राजनीतिमा लाग्नुअघि लामिछानेले जीबी राईसँग मिलेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ ।

पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाखसहित ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा सारेको आरोप उनीहरूमाथि छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक थिए । रास्वपा सभापति लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ४७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको