केही समयअघि मुस्ताङमा देखिएको हिमपहिरोको असर । फाइल तस्बिर

समाचार

मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

By खबरहब

August 23, 2024

काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ ।

पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।

हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको बताइएको र कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम हुन नसक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो बस्तीमाथि अड्किएको बताए । हिमाली क्षेत्रबाट खसेको हिमपहिरो बस्ती भन्दा माथिको खोंचमा अड्किएको उनले जानकारी दिए ।

हिमपहिरोको जोखिम उच्च रहेकाले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उनले बताए । उनका अनुसार उक्त बस्तीमा ९ वटा घर छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत जुटेर बस्तीबासीलाई सुरक्षित स्थानमा सारेको उनले बताए ।