‘एक्टर’को पोस्टरमा प्रदीप खड्काका पाँच ‘लुक्स’ | Khabarhub Khabarhub

‘एक्टर’को पोस्टरमा प्रदीप खड्काका पाँच ‘लुक्स’


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारलाई लक्षित गरी कात्तिक १५ बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘एक्टर’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा फिल्मका नायक प्रदीप खड्कालाई पाँच लुक्समा देख्न सकिन्छ ।

प्रदीपको घाइते लुक्सले पोस्टरमा बढी स्थान पाएको छ । त्यसबाहेक उनीलाई नेपाली पोसाकमा, पाइलट, लामो कपाल र मुस्कानसहित फरक चार लुक्समा देख्न सकिन्छ ।

फिल्ममा उनको कुन लुक्सले प्राथमिकता पाएको छ भन्ने पोस्टरबाट अनुमान लगाउन गाह्रो छ ।

यद्यपि यो फिल्मले निर्माणको सुरुवातदेखि नै चर्चा पाएको छ । राजबल्लभ कोइरालाको कमब्याक फिल्म भएकाले पनि यसले चर्चा पाएको हो ।

यस फिल्मबाटै नायक दिलिप रायमाझीको छोरी दिव्याले ठूलो पर्दामा डेब्यू गर्दैछिन् ।

राजन भुसालको निर्देशन रहेको फिल्ममा प्रदीप, राजबल्लभ, दिव्यासहित आना शर्मा, दिव्य देव, सुशील सिटौला, उषा रजकलगायतको अभिनय रहेको छ ।

फिल्मका लेखक आकाश बराल र निर्देशक भुसाल हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ५८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका