भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने « Khabarhub

भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा पहिलो पटक लिथियम खानी सञ्चालनमा आउने भएको छ । भारतको छत्तिसगढ राज्यको कोरबा जिल्लास्थित काटघोरा क्षेत्रमा लिथियम खानी सञ्चालनमा आउने भएको हो ।

टाइम्स अफ इण्डियाका अनुसार भारतीय भौगर्भिक सर्वेक्षणले सो क्षेत्रमा लिथियम भण्डारण रहेको पुष्टि गरेसँगै खानी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सो क्षेत्रको २ ससय ५० हेक्टर क्षेत्रफलमा १० देखि २ हजार पाट्र्स पर मिलियन (पीपीएम) लिथियम रहेको भौगर्भिक सर्वेक्षणले पुष्टि गरेको छ ।

विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रिका लागि लिथियम निकै महत्त्वपूर्ण पदार्थ मानिन्छ । पछिल्ला केही वर्षयता विश्व बजारमा लिथियमको मागमा पनि उच्च वृद्धि भएको छ ।

छत्तिसगढ राज्य खनिज पदार्थका लागि भारतभर चर्चित । आर्थिक वर्ष सन् २०२३–२४ मा मात्रै छत्तिसगढ राज्यले खानीबाट १३ हजार करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ४ : ४८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो