अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने « Khabarhub

 अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण प्रशान्त महासागरमा चीनको प्रभाव बढ्दै जाँदा अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने भएको छ । अमेरिकाले आउँदो अक्टोबर १ देखि गुआममा स्थायी रुपमा यूएसएस मिन्नेसोटा तैनाथ गर्ने भएको हो ।

आणविक ऊर्जाबाट सञ्चालन हुने उक्त पनडुब्बी हाल हवाईमा तैनाथ रहेको छ । नयाँ पनडुब्बीको तैनाथीसँगै सो क्षेत्रमा अमेरिकी नौसेनाको आक्रामक क्षमता थप सुदृढ हुने अमेरिकी प्यासिफिक फ्लिट सबमरिन फोर्सका प्रवक्ता लेफ्टिनेन्ट कमाण्डर रिक मोरले बताएका छन् ।

मार्क ४८ टोरपेडो, जमिनमा मार हान्न सक्ने तोमाहक क्रुज क्षेप्यास्त्र जडित रहेको यस पनडुब्बीले पनडुब्बी युद्ध, सतहका जहाजविरुद्धको युद्ध र स्थल युद्ध पनि लड्न सक्ने जनाइएको छ । त्यसबाहेक निगरानी र सेनाको विशेष अभियानमा पनि यस पनडुब्बीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०५ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले