भारतीय सवार बस मर्स्याङ्दीमा दुर्घटना : ज्यान गुमाउनेको संख्या २७ पुग्यो « Khabarhub

भारतीय सवार बस मर्स्याङ्दीमा दुर्घटना : ज्यान गुमाउनेको संख्या २७ पुग्यो


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा सुरुमा १४ जनाले ज्यान गुमाएका थिए ।

प्रजिअ गौतमका अनुसार शुक्रबार साँझसम्म उपचारका लागि अस्पतालमा पुर्‍याइएकासहित ज्यान गुमाउनेको संख्या २७ पुगेको हो।

गौतमका अनुसार ज्यान गुमाउनेमा १५ महिला र ११ पुरुष रहेका छन् । त्यसैगरी एकजना बालकको पनि दुर्घटनामा ज्यान गएको छ ।

बसमा सबैजना भारतीय पर्यटक सवार थिए । भैरहवा नाका हुँदै छिरेको उक्त बसमा ४३ जना सवार रहेको खुलेको छ । दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उपचारका लागि ल्याइएका थप यात्रुले पनि ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ६ : ४६ बजे

दुईबुँदे माग अघि सार्दै पाँच स्वास्थ्य सङ्गठन अनशनमा

काठमाडौं– दुईबुँदे माग राख्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिहरूले

अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला

काठमाडौं- अचानक नेपाली कांग्रेसमा देखिएको संकटका कारण समस्या परेको डा.

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश

सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए

वासिङटन– अमेरिकाले सिरियामा गरेको तेस्रो प्रतिकारात्मक हवाई हमलामा अल–कायदा सम्बन्धित

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले दिए पदबाट राजीनामा 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा