हदम्यादका आधारमा भ्रष्टाचारीलाई उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न आयोगको अनुरोध « Khabarhub

हदम्यादका आधारमा भ्रष्टाचारीलाई उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न आयोगको अनुरोध


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचारजन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ ।

आयोगले आज भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको  आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

उनले हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन समितिलाई पत्राचार गरेको बताए ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ भनी गरिएको संशोधन प्रस्तावप्रति यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ, ‘भ्रष्टाचारजन्य कार्य जुनसुकै अवधिमा गरेको भए पनि त्यो गम्भीर अपराध भएको र त्यस्तो विषयमा हद म्याद कै कारणले भ्रष्टाचारजन्य कसुर गर्नेले उन्मुक्ति पाउने सम्भावना बढ्नुका साथै सुशासन र मानव अधिकारको उपभोगमा बाधा उत्पन्न हुन जान्छ, अतः भ्रष्टाचार गर्ने व्यक्तिलाई हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन आयोग समितिलाई अनुरोध गर्दछ ।’

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ६ : ५६ बजे

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगे गगन-सुधन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा