फिल्म ‘मिसिङ’को गीत ‘हेर्दै जाऊँ’ : प्रेममा रमाइरहेका नाजिर र सृष्टि « Khabarhub

फिल्म ‘मिसिङ’को गीत ‘हेर्दै जाऊँ’ : प्रेममा रमाइरहेका नाजिर र सृष्टि


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कात्तिक ३० गते प्रदर्शन मिति तोकिएको फिल्म ‘मिसिङ : केटी हराउको सूचना’को पहिलो गीत ‘हेर्दै जाऊँ’ सार्वजनिक भएको छ ।

उक्त गीतमा फिल्मका शीर्ष कलाकार नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको अभिनय रहेको छ ।

तराईको पृष्ठभूमिमा खिचिएको भिडियोमा नाजिर र सृष्टिलाई प्रेमी-प्रेमिकाका रुपमा प्रस्तुत गरिएको छ । उनीहरू गहिरोसँग प्रेम सम्बन्धमा रमाइरहेको देख्न सकिन्छ ।

यस गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर छ । शब्द र संगीत भने दीपेन्द्र गौचनको हो ।

यसअघि नै फिल्मको संवादरहित टिजर सार्वजनिक भएको थियो । त्यहाँ पनि नाजिर र सृष्टिको प्रेम देखाइएको थियो ।

फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललितादेवि मिश्रलगायतको अभिनय रहेको छ ।

अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम जारी छ । ट्री–सिटी पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मको निर्देशक दीपेन्द्र गौचन हुन् । गौचन आफैँले यो फिल्म लेखेका हुन् ।

फिल्मको निर्माता गौचन स्वयं हुन् भने कार्यकारी निर्माता नकिम उद्दिन रहेका छन् । नकिम क्यूएफएक्सका सञ्चालक हुन् ।

भिडियो हर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : ४५ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित