खेलकुद

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

By खबरहब

September 23, 2024

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप लामिछाने अर्धशतक बनाउनबाट एक रनले चुकेका छन् । शीर्ष क्रमका ब्याटरले खराब प्रदर्शन गरेको खेलमा ९ औं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले ४९ रन बनाए ।

४८ बलको सामना गरेका लामिछानले पाँच चौका र एक छक्का प्रहार गरे । उनी हर्ष ठाकरको बलमा आउट भएका हुन् ।

यसअघि गुल्शन झा ३४, सोम्पाल कामी २१ रनमा आउट भएका थिए । त्यस्तै अर्जुन साउद र आरिफ शेखले समान १० रन बनाउँदा शीर्ष क्रममा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।