अन्तिम सेकेन्डको गोलले म्यानचेस्टर सिटीको आर्सनलसँग बराबरी « Khabarhub

अन्तिम सेकेन्डको गोलले म्यानचेस्टर सिटीको आर्सनलसँग बराबरी


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु भूमिमा भएको खेलमा जोन स्टोन्सले रेफ्रिले अन्तिम सिट्ठी फुक्नु अघि गरेको गोलमा म्यानचेस्टर सिटी आर्सनलसँगको खेलमा हारबाट जोगिएको छ।

आइतबार राति भएको यी २ टोलीको खेल २–२ गोलको बराबरीमा सकियो। तनावपूर्ण खेलको पहिलो हाफको अन्त्यमा आर्सनलले लियान्ड्रो टोसार्डलाई गुमाएपछि १० खेलाडीमा सीमित भएको थियो।

सातौँ मिनेटमा एर्लिङ हलान्डले म्यानचेस्टर सिटीका लागि गोल गरेपछि आर्सनल सुरुवातमै पछि परेको थियो। हलान्डको सिटीको लागि सो १०० औं गोल थियो। २१ औं मिनेटमा सिटीले घुँडामा लागेको चोटका कारण टोलिस्मान रोड्रिलाई गुमाएको थियो। रिकार्डो कालाफेरीको उत्कृष्ट गोलमा आर्सनल पहिलो हाफमा नै खेलमा फर्किएको थियो।

आर्सनलले पहिलो हाफमा नै उत्कृष्ट प्रदर्शन गर्दै गाब्रियल मागालेसको गोलमा अग्रता लिएको थियो। सेट पिसमा उत्कृष्ट रहेको आर्सनलले गत साता पनि टोटहामसँगको खेलमा जित हात पारेको टोलीले कर्नरमा गोल गरेको थियो।

स्टोन्सको सो नाटकीय गोलको मतलब सिटीको अग्रता कायम नै छ। यस अघिका ४ खेलमा जित हात पारेको सिटीको पहिलो बराबरीसँगै १३ अङ्कमा भएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको १२ अङ्क छ। सो खेलमा रेफ्रिले ट्रोसार्डलाई रातो कार्ड दिए पनि सोही शैलीको गल्ती गरेका जेरेमी डोकुको गल्तीलाई बेवास्ता गरेका थिए।

अन्तिम समयमा खाएको गोलका कारण आर्सनल सन् २०१५ पछि इत्तेहाद रङ्गशालामा पहिलो जित हात पार्न असफल भएको थियो।

इंग्लिस प्रिमियर सिपको अर्को खेल पनि त्यत्तिकै नाटकीय बनेको थियो। ब्रिङटन र नटिङघम फरेस्टको खेलमा दुवै मेनेजरले रातो कार्ड पाएको सो खेल पनि २–२ गोलको बराबरीमा सकिएको छ। साथै एक खेलाडीले पनि रातो कार्ड पाए। सो बराबरीसँगै दुवै टोली अपराजित यात्रा कायम राख्न सफल भएका छन्।

खेलमा बराबरी भएपछि रेफ्रिले फरेस्टका मोगार्न गिब्स ह्वाइटलाई दोस्रो पहेलो कार्ड स्वरूप रातो कार्ड पाएका हुन्।

ब्रिङटनका जाओ पेड्रोलाई धकेले बापत उनले रातो कार्ड पाएका हुन्। त्यसै घटनामा सरिक भएकाले ब्रिङटनका मेनेजर फाबियन हुर्जेलरले पनि रातो कार्ड पाए। फरेस्टका मेनेजर नुनो स्पिरिन्टो सान्टोले पनि रातो कार्ड पाए।

क्रिउ उडले १३ औं मिनेटमा गरेको पेनाल्टी गोलमा फरेस्टले अग्रता लिएको थियो। १९ वर्षीय मिडफिल्डर मिडफिल्डर ज्याक हिन्सेलउडको चौथो लिग गोलमा ब्रिङटन खेलमा फर्किएको थियो।

डेनी वेलबेकले २५ यार्ड टाढा बाट गरेको फ्रिकिकमा ब्रिङटनले पहिलो हाफमा नै अग्रता लिएको थियो। ७० औं मिनेटमा फरेस्टले बराबरी गोल गरेको हो। ह्वाइटले अफसाइड ट्रयाप बिट गरेर बनाएको अवसरमा रामोन शोसाले गोल गरे।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ४१ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९