ब्रेकिङ स्टोरी

सुत्केरीको मृत्यु भएपछि कर्णाली अस्पताल तनावग्रस्त 

By खबरहब

September 23, 2024

सुर्खेत– सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ ।  

मृतक महिलाका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् ।

आज बिहान वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको हो । 

आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनले राती मृत शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि अत्याधिक रक्तस्राव भएको र आइसीयुमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।