श्रीलंकामा वामपन्थी नेता दिसानायकाद्वारा राष्ट्रपतिको सपथ ग्रहण « Khabarhub

श्रीलंकामा वामपन्थी नेता दिसानायकाद्वारा राष्ट्रपतिको सपथ ग्रहण


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

श्रीलंकाको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ । 

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहेका थिए भने सन् २०२२ को आर्थिक संकटको चरम अवस्थामा पदभार सम्हालेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका थिए  । 

सन् २०२२ मा श्रीलंकामा आएको आर्थिक मन्दीका कारण आम श्रीलंकावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकाको समर्थनमा वृद्धि भएको थियो ।

सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच ५५ वर्षीय दिसानायकाले प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणपछि दिसानायकाले भने, ‘जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रुपमा पुनर्स्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।’

उनले भने, ‘म जादुगर होइन। मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : १५ बजे

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

काठमाडौं– सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै

सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड

काठमाडौं– नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा बिहीबारदेखि सुनको असर्फी तथा

गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ पुग्यो

काठमाडौं– वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर

प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री 

काठमाडौँ–  प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट