एन्फा महिला लिग : कोशी र चन्द्रपुरको बराबरी « Khabarhub

एन्फा महिला लिग : कोशी र चन्द्रपुरको बराबरी


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा कोशीले चन्द्रपुरसंग १–१ गोलको बराबरी खेलेको हो । खेलमा पहिलो गोल चन्द्रपुरले गरेको थियो । 

चन्द्रपुरका लागि खेलको ५१ औं मिनेटमा सुनिता कुँवरले गोल गरेकी थिइन् , तर खेलको ८० औं मिनेटमा कोशीका तर्फबाट ममता राउतले गोल गर्दै बराबरीको अवस्थामा ल्याएकी थिइन् । त्यसपछि भने दुवै टोलीले कुनै गोल गर्न सकेन ।

बराबरीसँगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै छ भने समान खेल खेलेको चन्द्रपुर ८ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : ४५ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट