नेप्से ५९ अंकले घटेर २४०० विन्दुको नजिक, कारोबार कति ? « Khabarhub

नेप्से ५९ अंकले घटेर २४०० विन्दुको नजिक, कारोबार कति ?


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २४०० विन्दु नजिक पुगेको छ । आज नेप्से ५९.०२ अंकले घटेसँगै नेप्से परिसूचक २५२९.३३ विन्दु कायम भएको छ । अब नेप्से ३० अंकले घटेमा नेप्सेले २४०० विन्दुमा आउने छ । 

आज प्रि-ओपन सेसनमा १९ अंकले बढेर सुरु भएको शेयर बजार खुल्नासाथ निरन्तर ओरालो लागेको छ । आज दिनभरमा बजारले एक पटक पनि माथि जान सकेन ।

बजार खुलेपनि राताम्य भएको बजार बन्द हुँदा भने ५९ अंकले घटेर बन्द भयो । बजार बन्द हुनुभन्दा २० मिनेट अगाडि नेप्से परिसूचक २५१७ विन्दुमा रहेको थियो । तर बजार बन्द हुनु भन्दा २ मिनेट अगाडि बजार केही माथि गएर बन्द हुँदा भने २५२९ विन्दु कायम रह्यो । 

सोमबार नेप्से २.२८ प्रतिशतले घट्ता ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर कारोबार भएको छ । 

आज १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  सोमबार ३२९ कम्पनीको शेयर किनबेच हुँदा ७७ हजार १५३ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.५६ प्रतिशतले घटेर २ हजार ८५१.६८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.४८ प्रतिशतले घटेर २०.८७ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.२७ प्रतिशतले, विकास बैंक २.४६ प्रतिशतले, होटल एण्ड टुरिजम ३.३४ प्रतिशतले, हाइड्रोपावर २.८९ प्रतिशतले, लगानी समूह २.७३ प्रतिशतले, जीवन बीमा २.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.८१ प्रतिशतले, लघुवित्त २.५६ प्रतिशतले, निर्जीवन बीमा २.६९ प्रतिशतले, अन्य समूह २.२२ प्रतिशतले र ट्रेडिङ समूह ३.९३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : १६ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक