नेप्से ५९ अंकले घटेर २४०० विन्दुको नजिक, कारोबार कति ? « Khabarhub

नेप्से ५९ अंकले घटेर २४०० विन्दुको नजिक, कारोबार कति ?


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २४०० विन्दु नजिक पुगेको छ । आज नेप्से ५९.०२ अंकले घटेसँगै नेप्से परिसूचक २५२९.३३ विन्दु कायम भएको छ । अब नेप्से ३० अंकले घटेमा नेप्सेले २४०० विन्दुमा आउने छ । 

आज प्रि-ओपन सेसनमा १९ अंकले बढेर सुरु भएको शेयर बजार खुल्नासाथ निरन्तर ओरालो लागेको छ । आज दिनभरमा बजारले एक पटक पनि माथि जान सकेन ।

बजार खुलेपनि राताम्य भएको बजार बन्द हुँदा भने ५९ अंकले घटेर बन्द भयो । बजार बन्द हुनुभन्दा २० मिनेट अगाडि नेप्से परिसूचक २५१७ विन्दुमा रहेको थियो । तर बजार बन्द हुनु भन्दा २ मिनेट अगाडि बजार केही माथि गएर बन्द हुँदा भने २५२९ विन्दु कायम रह्यो । 

सोमबार नेप्से २.२८ प्रतिशतले घट्ता ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर कारोबार भएको छ । 

आज १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  सोमबार ३२९ कम्पनीको शेयर किनबेच हुँदा ७७ हजार १५३ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.५६ प्रतिशतले घटेर २ हजार ८५१.६८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.४८ प्रतिशतले घटेर २०.८७ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.२७ प्रतिशतले, विकास बैंक २.४६ प्रतिशतले, होटल एण्ड टुरिजम ३.३४ प्रतिशतले, हाइड्रोपावर २.८९ प्रतिशतले, लगानी समूह २.७३ प्रतिशतले, जीवन बीमा २.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.८१ प्रतिशतले, लघुवित्त २.५६ प्रतिशतले, निर्जीवन बीमा २.६९ प्रतिशतले, अन्य समूह २.२२ प्रतिशतले र ट्रेडिङ समूह ३.९३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : १६ बजे

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका