फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन « Khabarhub

फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’को डबिङमा सहभागी भएका छन् । केही दिनमा विपिनको अंशको छायांकन सक्ने गरी निर्माण पक्ष लागिसकेको छ ।

निर्देशक शंकर घिमिरे भन्छन्, ‘विपिनको डबिङ बाँकी थियो । आमाको निधन भएपछि उहाँ काममा जोडिन असमर्थ हुनुभएको थियो । अब बढीमा चार दिनमा उहाँको काम सकिन्छ ।’

निर्देशक घिमिरेका अनुसार डबिङ अन्तिम चरण पुगेको छ । भन्छन्, ‘बुद्धि तामाङलगायत कलाकारले एक-एक दिन समय दिए डबिङको काम सकिन्छ ।’

दसैं र तिहारबीचमा फिल्मको सम्पूर्ण प्राविधिक काम सक्ने लक्ष्यमा निर्माण पक्ष रहेको छ ।

विपिन यस फिल्ममा वृद्ध र युवाको दोहोरो भूमिकामा छन् । कथा उत्कृष्ट भएकाले दर्शकले राम्रो फिल्म हेर्न पाउने उनको दाबी छ ।

पूराना कलाकारहरूसँग काम गर्न पाउँदा विपिन उत्साहित छन् । यही फिल्मबाट निर्देशक घिमिरे १२ वर्षपछि रंगकर्ममा फर्किएका छन् ।

नायिका ऋचा घिमिरे १० वर्ष र अर्की नायिका पूजा चन्द करिब २० वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै छन् ।

यो फिल्मको छायांकन अमेरिकामा र नेपालमा भएको हो । अमेरिकाको छायांकनमा सिंक साउन्ड गरिएकाले नेपालको अंश मात्रै डबिङ गर्न लागिएको हो ।

घिमिरे भन्छन्, ‘अमेरिकामा विदेशी कलाकारको पनि भूमिका छ । उहाँहरूलाई नेपाल ल्याएर डबिङ गर्दा लामो प्रक्रिया हुन्छ । त्यहीकारण अमेरिकमा सिंक साउन्डसहितको छायांकन गरिएको हो ।’

मंसिर ७ बाट प्रदर्शनमा आउने यस फिल्ममा विपिन, पूजा, ऋचा र बुद्धिसहित वर्षा राउत, सुचित्रा उप्रेती र विदेशी कलाकारको अभिनय छ ।

वेलडन क्रिएसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको यस फिल्मको निर्माता अनिल पाण्डे र शिवराज कार्की हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ५ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५