फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन « Khabarhub

फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’को डबिङमा सहभागी भएका छन् । केही दिनमा विपिनको अंशको छायांकन सक्ने गरी निर्माण पक्ष लागिसकेको छ ।

निर्देशक शंकर घिमिरे भन्छन्, ‘विपिनको डबिङ बाँकी थियो । आमाको निधन भएपछि उहाँ काममा जोडिन असमर्थ हुनुभएको थियो । अब बढीमा चार दिनमा उहाँको काम सकिन्छ ।’

निर्देशक घिमिरेका अनुसार डबिङ अन्तिम चरण पुगेको छ । भन्छन्, ‘बुद्धि तामाङलगायत कलाकारले एक-एक दिन समय दिए डबिङको काम सकिन्छ ।’

दसैं र तिहारबीचमा फिल्मको सम्पूर्ण प्राविधिक काम सक्ने लक्ष्यमा निर्माण पक्ष रहेको छ ।

विपिन यस फिल्ममा वृद्ध र युवाको दोहोरो भूमिकामा छन् । कथा उत्कृष्ट भएकाले दर्शकले राम्रो फिल्म हेर्न पाउने उनको दाबी छ ।

पूराना कलाकारहरूसँग काम गर्न पाउँदा विपिन उत्साहित छन् । यही फिल्मबाट निर्देशक घिमिरे १२ वर्षपछि रंगकर्ममा फर्किएका छन् ।

नायिका ऋचा घिमिरे १० वर्ष र अर्की नायिका पूजा चन्द करिब २० वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै छन् ।

यो फिल्मको छायांकन अमेरिकामा र नेपालमा भएको हो । अमेरिकाको छायांकनमा सिंक साउन्ड गरिएकाले नेपालको अंश मात्रै डबिङ गर्न लागिएको हो ।

घिमिरे भन्छन्, ‘अमेरिकामा विदेशी कलाकारको पनि भूमिका छ । उहाँहरूलाई नेपाल ल्याएर डबिङ गर्दा लामो प्रक्रिया हुन्छ । त्यहीकारण अमेरिकमा सिंक साउन्डसहितको छायांकन गरिएको हो ।’

मंसिर ७ बाट प्रदर्शनमा आउने यस फिल्ममा विपिन, पूजा, ऋचा र बुद्धिसहित वर्षा राउत, सुचित्रा उप्रेती र विदेशी कलाकारको अभिनय छ ।

वेलडन क्रिएसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको यस फिल्मको निर्माता अनिल पाण्डे र शिवराज कार्की हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ५ : ०१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४