पक्राउविरुद्ध दुर्गा प्रसाईद्वारा बन्दी प्रत्यक्षीकरणको निवेदन | Khabarhub Khabarhub

पक्राउविरुद्ध दुर्गा प्रसाईद्वारा बन्दी प्रत्यक्षीकरणको निवेदन


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ ।

प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन् ।

सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्ने बारे अध्ययन गरिरहेको जनाएको छ ।

आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट लगेर बयान थालेको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ०१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल चैत १ गते शुक्रबार चैत

आज २०८१ साल चैत १ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत १ गते शुक्रबार चैत

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौं – होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका