‘सिद्धान्त नै नमिल्ने दलहरूको सरकारले राजनीतिक स्थिरता कायम गर्न सक्दैन’ « Khabarhub

‘सिद्धान्त नै नमिल्ने दलहरूको सरकारले राजनीतिक स्थिरता कायम गर्न सक्दैन’


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थिरता कायम गर्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले सिद्धान्त नै नमिल्ने दलहरू मिलेर सरकार बनाएको र आलोपालोको कुरा समेत गरेकाले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न नसक्ने बताएका हुन् ।

उनले आफ्नो निश्चित घोषित नीति अनुसार दलहरू चल्न नसक्दा अस्थिरता अन्त्य हुन नसकेको धारणा राखे ।

 रावलले केन्द्रमा सरकार फेरबदलको असर प्रदेशमा परेका कारण प्रदेशले राम्रोसँग काम गर्न नसकेको जिकिर गरे । उनले सहकारी छानविन समितिको प्रतिवेदन सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र सहकारी पीडितलाई ठगी गर्नेबाट असुलउपर गरेर उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

उनले अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसंग राष्ट्रिय हितको विषयमा कुनै कुरा गर्न नसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ०७ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई