कांग्रेस-एमालेबारे प्रचण्डको टिप्पणी : कार्यान्वयन नगरी संविधान असफल भयो भन्ने छुट छैन « Khabarhub

कांग्रेस-एमालेबारे प्रचण्डको टिप्पणी : कार्यान्वयन नगरी संविधान असफल भयो भन्ने छुट छैन


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रोसँग कार्यान्वयन नै नगरी संविधान संशोधन र समीक्षाको कुरा झिक्नु ठिक नहुने बताएका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफल कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले पनि संविधान कार्यान्वयनमा ठूलो चुनौती छ । इमान्दारिताका साथ कार्यान्वय गरिसकेपछि मात्रै पो समीक्षा गरेर संशोधनमा जाने हो’, उनले भने, ‘तर अहिले सकेसम्म कार्यान्वयनमा गर्न नदिने का भएको छ । संविधान कार्यान्वयन भएन भनेर अर्को बाटोमा जान सकिँदैन । कार्यान्वयन नगरी यो संविधान असफल भयो भन्ने छुट यसमा सही गर्ने दलहरू र शक्तिलाई छैन ।’

उनले अहिलेका सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको एजेन्डा कहिल्यै पनि संविधान संशोधन नभएको टिप्पणी गरे ।

‘अहिलेको प्रधानमन्त्रीको पार्टी एमाले र कांग्रेसले संविधान संशोधन गरौँ भनेर छलफल गरेका थिएनन्’, उनले भने, ‘उनीहरूलाई सरकार चाहिएको थियो । माओवादी सरकारलाई हटाउनका लागि उनीहरूले संविधान संशोधनको कथा बनाएको हो । संविधान संशोधन ठूला पार्टीको एजेन्डा होइन । यी दुई पार्टीको उद्धेश्य माओवादीलाई फ्याँकेर सत्तामा पुग्नु मात्रै थियो ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : १८ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको