कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित « Khabarhub

कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा आयोजित  ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा कुमारी बैंक ‘एक्सेलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सेलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया