‘मैले अलिक धेरै गर्न खोजेको भए १८ दिनमै हट्नु पर्‍थ्यो’ « Khabarhub

‘मैले अलिक धेरै गर्न खोजेको भए १८ दिनमै हट्नु पर्‍थ्यो’


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार र कुशासनविरुद्ध अभियान चलाएकैले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सत्ताबाट हटाएको गुनासो गरेका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘मैले देशलाई शान्तितिर लैजाने निर्णय नलिएको भए ठूलो संकट आउँथ्यो । अहिलेको संविधान माओवादीको त्याग र बलिदानबाट आएको हो । यो नेपाली जनताकै संविधान हो’, उनले भने, ‘जसले संविधान, गणतन्त्र र संघीयताका लागि लड्यो, उसैलाई आज पनि अपमान गर्न खोज्छन् । प्रचण्डको अपमान गर्न खोज्छन् । ’

उनले अझै पनि यो संविधान राम्रोसँग कार्यान्वयन हुन नसकेको बताए । ‘हामी संविधान कार्यान्वयन नहुँदै समीक्षा गर्न बसेका छौँ । एक ढंगले संशोधनको चर्चा र टिप्पणी गर्दैछौँ । के कति कार्यान्वयन भयो के कति के कारणले कार्यान्वयन भएन भन्ने कुरा पहिले लेखाजोखा गरौँ’, उनले भने, ‘मैले दोस्रो र तेस्रो कार्यकालमा जनपक्षीय काम गर्न खोजेँ। निजामतीदेखि प्रहरीसम्बन्धी कानुनसम्म संसद्‍मा लगेँ । दुई पटक त संविधान संशोधनको प्रस्ताव नै राखेँ । तर एमालेले असफल बनायो ।’

उनले पछिल्लो १९ महिना सत्तामा रहँदा जनतामा विश्वास जगाउने गरी आफूले काम गरेको पनि बताए । ‘केही समस्या हामीसँग छन्, प्रदेश र स्थानीय तह निरीह बन्दै गएका छन् । त्यसैले मैले संविधानलाई बढीभन्दा बढी कार्यान्वयन गरौँ भनेको हो’, उनले भने, ‘मैले १९ महिनामा अलि अलि गर्दा त सुख पाइनँ। यो भन्दा धेरै गरेको भए १८ दिनमै हट्नुपर्थ्यो । मलाई डिलेमा जस्तो लाग्छ, विचित्र लाग्छ । समानुपातिक र संघीयता मन नपराउने ठूला नेता नै छन् ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : २७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर