प्रचण्डको तर्क- नेपालमा दुई दलीय भन्नु अधिनायकवादको यात्रा हो « Khabarhub

प्रचण्डको तर्क- नेपालमा दुई दलीय भन्नु अधिनायकवादको यात्रा हो


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले नै दुई दलीयतिर जान खोज्ने कोशिशलाई अधिनायकवादको संज्ञा दिएका छन् ।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफलमा थ्रेस होल्ड बढाएर दुई दलीयतिर जाने नेपाली कांग्रेस र एमालेको कोशिशबारे उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘दुई दलीय र थ्रेस होल्डबारे अहिले केही नेताहरू बोल्न थाल्नु भएको छ । उहाँहरूले संविधानअनुसार नै बोल्नु भएको हो या कसरी, थाहा भएन । तर, नेपालमा दुई दलीय भनेको अधिनायकवादतिरको यात्रा हो’, उनले भने, ‘बहुदलीयता हाम्रो संविधानको आधारभूत विशेषता हो, दुई दलीय होइन । हाम्रो संविधानमा समानुपातिक र समावेशी कुरा पनि छन् । ती हाम्रो संघर्षका उपलब्धि हुन्। बरु हामीले संविधानको सर्वस्वीकार्यताको बाटोमा जानु पर्छ ।’

पछिल्लो समय खासगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितले दुई दलीयको वकालत गर्दै आएका छन् ।

गत असार १७ गते कांग्रेस र एमालेले गरेको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको कुरा राखिएको छ ।

दुई ठूला दलले हाल कायम ३ प्रतिशतको थ्रेस होल्ड बढाएर १० प्रतिशत पुर्‍याउँदा साना दलहरू सकिने चिन्ता भइरहेका बेला प्रचण्डले अधिनायकवादको संज्ञा दिएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ३५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण