पत्रकार महासङ्घलाई सर्वोच्चको प्रश्न- निर्वाचन समयमा किन भएन ? « Khabarhub

पत्रकार महासङ्घलाई सर्वोच्चको प्रश्न- निर्वाचन समयमा किन भएन ?


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । 

धुव्रप्रसाद चौलागाइँले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो । 

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो ।

वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।

 नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका -९ सिनामंगल, नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति काठमाडौं महानगरपालिका, ९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौं महानगरपालिका, ९ सिनामंगल , नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्यालय मुकाम मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं.४ र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मकवानपुर मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं.११ लाई रिटमा प्रतिवादी बनाइएको छ ।

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ।  यसअघि नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो । 

मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिएपनि महासङ्घको निर्वाचन प्रभावित हुँदै आएको छ। महासङ्घको निर्वाचन समयमा गर्न नसकेपछि  महासङ्घका अध्यक्ष विपुल पोखरेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ०८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६