तस्बिर : फाइल फोटो

अन्तर्राष्ट्रिय

पाकिस्तानको हिन्दु मन्दिरमा तोडफोड र झडप

By खबरहब

September 23, 2024

काठमाडौँ– पाकिस्तानमा एउटा हिन्दु मन्दिरमा झडप र तोडफोडको घटना सार्वजनिक भएको छ । पाकिस्तानको हैदरबादस्थित रामापिर मन्दिरमा झडप र तोडफोडको घटना सार्वजनिक भएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार घटनामा ४ जना घाइते भएका थिए । प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै स्थानीय हिन्दु समुदाय विरोधमा उत्रेका छन् ।

हिन्दु समुदायले हैदराबाद प्रेस क्लब र प्रहरी कार्यालयमा प्रदर्शन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रहरीले भने घटनामा संलग्न भएको आरोपमा ११ जनाविरुद्ध उजुरी दर्ता भएको र आवश्यक कारवाही प्रक्रिया अघि बढेको जनाएको छ । 

समाचारका अनुसार मन्दिरमा धार्मिक अनुष्ठान चल्दै गर्दा झडप भएको थियो । पछि गैर हिन्दु समुदायका मानिस मन्दिरभित्र प्रवेश गरी जथाभावी गोली प्रहार गरेका थिए ।