संविधान संशोधनअघि प्रक्रिया र मुद्दाहरूमा सहमति खोजौँ : सुरेन्द्र पाण्डे | Khabarhub Khabarhub

संविधान संशोधनअघि प्रक्रिया र मुद्दाहरूमा सहमति खोजौँ : सुरेन्द्र पाण्डे


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनको प्रक्रिया र मुद्दाहरूमा सहमति गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा सोमबार आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रम सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।

‘संविधानलाई अपरिवर्तनीय मानेकै छैनौं । यसलाई चेन्ज गर्नुपर्ने ठाउँहरू हेरौँ,’ उनले भने, ‘संविधान संशोधनका लागि प्रोसेसमा पनि सहमति गरौँ, इस्युजमा पनि सहमति गरौँ ।’

एमाले नेता पाण्डेले दोस्रो संविधानसभाबाट संविधान जारी नभएको अवस्थाबारे सम्झिन पनि सुझाए ।

‘झगडाबीचमा बनाएको होइन र हामीले ? केहीले बहिस्कार गर्दा गर्दै पास गरेको होइन ? यत्तिको नजान्ने मान्छे छौँ ? यसमा त्रुटि होला, कमजोरी होला । तर, देशले एउटा संविधान जारी गर्नुपर्‍यो,’ उनले भने, ‘दुई–दुईचोटि संविधानसभा विघटन हुने अवस्था आयो । त्यसले पनि नबनाएको भए हुन्थ्यो ? त्यसकारण संविधान बनाउँदै जाऔँ भनेर बनायौँ । यो संविधान दुई–दुई पटक संशोधन नै भइसक्यो नि ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ३९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको