५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई « Khabarhub

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेतेनिलगिरि युवा क्लब टुकुचेले जितेका छन् । 

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे बिजयी भएका हुन् । 

पुरुषतर्फ अन्नपूर्ण युवा क्लब ताक्लुङलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै लेतेले उपाधि चुमेको आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले बताए।  

महिलातर्फ राष्ट्रिय टिमकी प्रतिभा माली, सलिना श्रेष्ठलगायतका खेलाडीलाई मैदानमा उतारेको निलगिरिले मार्फाको मिलीजुली युवा क्लवलाई सोझो तीन सेटमा पराजित गरेको थियो । लिग सिस्टम र वेष्ट अफ फाइचमा खेलाइएको प्रतियोगिताको पुरुषतर्फ छ र महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए । 

आर्चरी प्रतियोगितामा धौलागिरी युवा क्लब कोवाङ प्रथम र निर्मल स्पोटिङ लेते दोस्रो भएका छन् । पुरुष भलिबलमा विजेताउपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्रदान गरिएको छ । 

महिला भलिबलको विजेताउपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आर्चरीमा विजेतालाई ५० हजार र उपविजेतालाई र२५ हजार प्रदान गरिएको छ । 

पचास वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्त्व छ । सो अवसरमा कृषि मेला प्रर्दशनीका साथै लोक नृत्य र थकाली गीत प्रतियोगिता पनि भएको थियो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ३१ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन