हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु « Khabarhub

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।

इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह गरेका छन् ।

आईडीएफका अनुसार हिजबुल्लाहले हालै इजरायलमा १५० रकेट प्रहार गरेको छ । यसको जवाफमा इजरायलले आफ्नो कारबाहीलाई तीब्र बनाएको छ । 

इजरायलका रक्षामन्त्री योभ गालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग कुराकानी गरेका छन् । ग्यालान्टले अमेरिकी रक्षामन्त्रीलाई हिजबुल्लाहको खतरा र इजरायलले यसविरुद्धको कारबाहीबारे जानकारी गराएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ४० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल