भारत दक्षिणपूर्वी एशियाली मुलुकसँग सहकार्य बढाउँदै « Khabarhub

भारत दक्षिणपूर्वी एशियाली मुलुकसँग सहकार्य बढाउँदै


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुर र ब्रुनाइको भ्रमण गरे । उनको यो भ्रमणबाट दक्षिणपूर्वी एशियाली मुलुक र भारतबीच रणनीतिक साझेदारी र द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मोदीको भ्रमणलाई धेरैले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियान र भारतबीच बढ्दो साझेदारीका रुपमा व्याख्या गरेका छन् । मोदीले आफ्नो भ्रमणका क्रममा सिंगापुर र भारतबीचको सम्बन्धलाई वृहद रणनीतिक साझेदारीका रुपमा विस्तार गरिएको छ ।

सिंगापुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका अधिकारीहरुसँग आर्टिफिसियल इन्टिलिजेन्स, वित्तीय प्रविधि, विज्ञान तथा प्रविधि, शिक्षा र समुद्री सहकार्यबारे छलफल गरेका थिए । सो भ्रमणका अवसरमा भारत र सिंगापुरबीच ५ विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

मोदीको ब्रुनाइ भ्रमण पनि उत्तिकै महत्वपूर्ण रह्यो । मोदीअघि ऐतिहासिक भ्रमणअघि कुनै पनि भारतीय प्रधानमन्त्री ब्रुनाइ पुगेका थिएनन् । पछिल्लो समय भारत र ब्रुनाइबीच द्विपक्षीय व्यापार पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष सन् २०२३–२४ मा दुई मुलुकबीच २८ करोड ६० लाख अमेरिकी डलरभन्दा धेरैको व्यापार भएको थियो । ब्रुनाइमा रहँदा प्रधानमन्त्री मोदीले त्यहाँका नेताहरुसँग पर्यटन, ऊर्जा, रक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका थिए ।

सिंगापुर र ब्रुनाइसहित पछिल्लो केही समययता आशियानमा आबद्ध मलेशिया र भियतनामजस्ता मुलुकले पनि भारतसँग सहकार्य बढाएका छन् । हालैमात्र भियतनामका प्रधानमन्त्री फा मिन्ह चिन्ह र मलेशियाका प्रधानमन्त्री दातो सेरी अनवर इब्राहिमले भारतको भ्रमण गर्दै बहुपक्षीय सहकार्यका एजेण्डाबारे छलफल गरेका थिए ।

भारत र आशियानका मुलुकहरुबीच बढ्दो आर्थिक तथा रणनीतिक साझेदारीबाट दुबै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ५२ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक