कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकबीच भेटवार्ता « Khabarhub

कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकबीच भेटवार्ता


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो ।

सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चाका बीच कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि आइतबार सहकारी ठगी प्रकरणमा प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेका थियो । उनको पक्राउपछि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि पक्राउ पर्ने सक्ने चर्चा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन अमेरिका गएका कारण सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

 

 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ९ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार