ज्यान मार्ने धम्कीका बीच सुटिङमा फर्किए सलमान « Khabarhub

ज्यान मार्ने धम्कीका बीच सुटिङमा फर्किए सलमान


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खानलाई लरेन्स विस्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आइरहेको छ । केही महिनाअघि उनको घरमा गोली प्रहार भएको थियो ।

सोही ग्याङले गत असोज २७ गते सलमान निकट मानिने नेता बाबा सिद्दिकी गोली हानी हत्या गरेको थियो । त्यसको ६ दिनपछि सलमानलाई पुन: ज्यान मार्न धम्की आएको थियो ।

गत असोज २ गते मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत सो धम्की आएको हो । मुम्बई पुलिसका अनुसार सो धम्कीको सन्देशमा लेखिएको थियो, ‘सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।’

सो धम्कीपछि सलमानको सुरक्षा कडा बनाइएको छ । सोहीकारण पनि उनी तत्कालै काममा नफर्कने अनुमान गरिएको थियो ।

यद्यपि सलमान पूर्व योजनाअनुसार काममा फर्किएको पाइएको छ । उनी धम्कीका कारण आफ्ना कुनै पनि पूर्वनिर्धारित काम रोक्ने सोचमा नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

इन्डिया टुडेले निर्माण टिम निकट स्रोतको दाबी गर्दै सलमान फिल्म ‘सिकन्दर’को छायाङ्नमा सहभागी भएको बताएको छ । उनी मंगलबारबाट छायाङ्नमा जोडिएको उल्लेख गरिएको छ ।

छायाङ्नस्थलमा सलमान कडा सुरक्षा घेरामा छन् । आगामी साता अर्थात् दिवालीसम्म उनी छायाङ्नमा रहने बुझिएको छ ।

त्यस्तै, रोहित सेट्टीको फिल्म ‘सिङ्गम ३’ मा सलमानको केमियो रोल नहटाइने भएको छ । भारतीय मिडियाका अनुसार यस फिल्ममा सलमानले ‘दबङ’ को पात्र ‘चुलबुल पाण्डे‘को चरित्रमा केमियो दिने तय भएअनुसार छायाङ्नमा सहभागी भएका छन् ।

धम्कीका कारण सलमान छायाङ्नमा सहभागी हुन नसक्ने भन्दै उनको केमियो बिना नै फिल्म प्रदर्शनमा आउने चर्चा चुलिएको थियो । तर, काममा फर्किएसँगै उनी मंगलबार मुम्बईमै ‘सिङ्गम ३’ को छायाङ्नस्थल  पुगेका हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ०३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने