आइपिएलमा को-को बन्दैछन् 'रिटेन' खेलाडी ? | Khabarhub Khabarhub

आइपिएलमा को-को बन्दैछन् ‘रिटेन’ खेलाडी ?


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, सन राइजर्स हैदरावाद र लखनउ सुपर जाइट्न्स लगायत आइपिएल टोली रन हन्ड्रेडमार्फत टोली खरिदका लागि आह्वान गरेका छन्।

इसिबीले तय गरेको १८ अक्टोबरको डेट लाइनमा ह्म्पायसरका नयाँ मालिक जिएमआर ग्रुप तथा म्यानचेस्टर युनाइटेडका मालिक मध्येका एक अब्राहम ग्लाजरले पनि सम्भाव्य बिक्रीमा रहेका आठ टोलीमा चासो दिएका छन्।

गत साता यी आठ टोलीले ४९ प्रतिशतसम्म लगानी गरेर खरिदको चासो देखाएका छन्। नोभेम्बर महिनामा यी इच्छुक टोलीको हन्ड्रेड भित्र रहेका हरेक टोलीसँग वार्ता हुनेछ। दोस्रो चरणमा चार टोली तथा त्यसपछि दुई टोलीको अन्तिम छनोटका लागि चयन हुनेछ।

इसिबीले कुनै पनि टोलीलाई कम मूल्यमा बेच्नका लागि त्यत्ति धेरै चासो दिएको छैन। भर्खरै इसिबीका प्रमुख रिचर्ड थोम्सनले नयाँ किसिमको हाइब्रिड मोडल तय गर्ने भएका छन्। आइपिएल टोलीले १८ अक्टोबरका दिन हतारमा बिड गरेका थिएनन्। यिनीहरूले केही महिना अघि नै बिड गरेका थिए।

जिम रेट क्लिप मालिक रहेको तथा विश्वव्यापी खेलकुद लगानीकर्ता आइइनियोसको म्यानचेस्टर युनाइटेडमा २७ प्रतिशत लगानी छ। इसिबीले भारतबाट मात्र होइन अमेरिकाबाट समेत चासो आएको देखिएको छ।

पछिल्लो समय आइपिएल २०२५ का लागि नयाँ रेगुलेसन तय गरेको छ। नयाँ रेगुलेसन अनुसार १ टोलीले ६ खेलाडी साथमा राख्न पाउने छन्। यी ६ खेलाडीको बारे ३१ अक्टोबरमा धेरै कुरा तय भइसक्नुपर्ने हो। तथापि धेरै टोलीले आफ्नो योजना गोप्य नै राखेका छन्।
सनराइजर्स हैदरावादले भने हेन्रिक क्लासेन, अभिशेष शर्मा र प्याट कुमिन्सलाई टोलीमा यथावतै राख्ने निर्णय गरेको छ। क्लासेन २३ करोड भारतीय रुपैयाँमा टोलीमा यथावतै छन्।

सन् २०२४ मा टोलीका कप्तान रहेका कुमिन्स १८ करोड भारतीय रुपैयाँमा टोलीमा यथावतै रहने पक्का भएको छ। अभिषेक शर्मा १४ करोड भारतीय रुपैयाँमा टोलीमा छन्। सनराइजर्सको अन्य रिटेन खेलाडीको सूचीमा ट्रेभिस हेड र नितिसि रेडी छन्।

सन् २०२४ मा टोलीका कप्तान रहेका कुमिन्स १८ करोड भारतीय रुपैयाँमा टोलीमा यथावतै रहने पक्का भएको छ। अभिषेक शर्मा १४ करोड भारतीय रुपैयाँमा टोलीमा छन्। सनराइजर्सको अन्य रिटेन खेलाडीको सूचीमा ट्रेभिस हेड र नितिसि रेडी छन्।

प्रशिक्षक डानियल भिटोरीको राम्रो सहयोगीको रूपमा रहँदै सनराइजर्सलाई फाइनलमा प्रवेश गराउनुको बाबजुद कुमिन्सको रिटेन मूल्य गत सिजनको अक्सनको भन्दा १२.२ प्रतिशत घटेको छ। उनको गत सिजनको अक्सनमा २०.५० करोडमा हैदरावादमा आबद्ध भएका थिए। गत सिजन कुमिन्सले कुनै दबाब नदिएर स्वतन्त्रतापूर्वक खेल्न दिएका अभिषेक र रेडी पूर्ण रूपमा छाएर हैदरावादलाई फाइनलमा प्रवेश गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। हेड र अभिशेषको प्रारम्भिक जोडी आइपिएलमै सबै भन्दा डरलाग्दा
देखिएको थियो।

अभिषेकले २०४.२१ को स्ट्राइक रेटमा ४८४ रन प्रहार गरेका थिए भने क्लासेनले १७१.०७ को स्ट्राइक रेटमा ४७९ रन प्रहार गरेका थिए। सन् २०२२ मा पहिलो पट सनराइजर्समा ६.८ करोड भारतीय रुपैयाँमा आबद्ध उनले आफ्नो मूल्य मात्र बढाएका छैनन्, गत सिजनको आइपिएलको लगत्तै भारतीय टी-२० टोलीमा स्थान बनाउन पनि सफलता पाएका थिए।

सन् २०२३ को मिडअक्सनमा ५.२५ करोडमा सनराइजर्समा आबद्ध क्लासेनको मूल्य भने ३३८ प्रतिशतले वृद्धि भएको छ। सन् २०२४ को आइपिएलमा सबै भन्दा धेरै रन प्रहार गर्ने १० ब्याट्सम्यान मध्ये अभिषेकको स्ट्राइक रेट सबैभन्दा बढी थियो। केही समय अघि बंगलादेशविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका २१ वर्षीय सिम बलिङ अलराउण्डर रेड्डीले सुरुवात नै ३४ बलमा ७४ रन प्रहार गरेका थिए।

अन्य टोलीको भने कुन खेलाडी रिटेन गर्ने केही दिनमा नै निश्चित हुनेछ। यसका अलावा ऋतुराज गाइक्वाड, रबिन्दू जडेजा, मथिसा पाथिराना, शिबम दुबे र महेन्द्र सिंह धोनी रिटेन हुने सम्भाव्य खेलाडीको सूचीमा छन्। यसैगरी मुम्बई इन्डियन्सले जसप्रित बुमराह, हार्दिक पाण्डे, ईशान किसन, रोहित शर्मा र सूर्य कुमार यादव छन्।

रोयल च्यालेन्जर बैंग्लोरुका विराट कोहलीबाहेक अन्य रिटेन हुने खेलाडीको अनुमान गर्न कठिन भएको छ। केही विज्ञहरूका अनुसार मोहम्मद सिराज, क्यामरुन ग्रिन, रजत पाटीदर, यस दयाल र विल ज्याक्सलाई सम्भाव्य रिटेन खेलाडीको रूपमा हेरिएको छ।
साबिक विजेता कोलकाता नाइट राइडर्सका सुनिल नारायण, आन्द्रे रसेल, वरुण चक्रवर्ती, रिंकु सिंह र हर्षित रानालाई सम्भाव्य रिटेन खेलाडीको रूपमा हेरिएको छ। रसेल र नारायणले कोलकातामा लामो समय बिताइ सकेका छन्।

मिस्ट्री स्पिनरको रूपमा भारतीय क्रिकेटमा प्रवेश पाएका चक्रवर्ती कोलकाताबाटै क्रिकेटमा छाएका हुन्। रिंकु क्लब साहु साहरुख खानका पनि प्रिय खेलाडी हुन्। गत सिजनमा आइपिएल चली रहेकै समयमा विश्वकप टी-२० क्रिकेट टोलीको घोषणा हुँदा साहरुखले नै रिंकुको पक्षमा आवाज उठाएका थिए।

दिल्ली क्यापिटलमा ऋषभ पन्त, कुलदिप यादव, अक्षर पटेल, ज्याक फ्रेजर म्याक गुरुक, ट्रिस्टियन सब्स र अभिषेक पोरेल रिटेन खेलाडीको सूचीमा छन्।

पन्जाबमा साम कुरान, आर्शदिप सिंह, शशाङ्क सिंह, लिभिङ लियाम स्टोन, कासिगो रबाडा र आशुतोष शर्मा रिटेन हुने खेलाडीको सम्भाव्य सूचीमा छन्।

लखनउमा लोकेश राहुल, निकोलास पुरन, मार्कस स्टोनिस, रवि विस्नोइ, मायंंक यादव र आशुतोष बदानी छन्। गुजरातमा शुभमन गिल, साइ सुदर्शन, मोहम्मद सामी, रसिद खान, डेभिड मिलर र राहुल टेबटिया सम्भाव्य रिटेन खेलाडीको सूचीमा छन्।

भारत र अस्ट्रेलियाको टेस्ट भइरहेको समयमा आइपिएलको अक्सन साउदी अरेबियाको रियादमा नोभेम्बर महिनाको अन्त्यमा हुने भएको छ। अक्सनपछि टोलीको तय हुनेछ। स्रोतः क्रिकइन्फो, बिजिनेश स्ट्यान्डर्ड

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ६ : ५१ बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको