अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार « Khabarhub

अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

लेबनान – उत्तरी गाजामा रहेको विद्यालयमा राखिएको सेल्टर भएको इजरायली आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ। अल जजिराले ठुलो विस्फोट र आगो बलिरहेको दृश्य खिचेको जनाएको छ।

२०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ४२ हजार ७१८ जना मारिएको तथा एक लाख २८२ जना घाइते भएको जनाएको छ।

प्राध्यापक तथा हिजबुल्लाह विशेषज्ञ अमाल साद गोयरावले अमेरिकी आडमा इजरायलले पछिल्लो ७२ घण्टामा धेरै युद्ध अपराधको घटना गराएको आरोप लगाएको छ।

पछिल्लो समाचार अनुसार अमेरिकी प्रतिनिधित्व गर्दै आमोस हिचेस्टाइनले सोमबारदेखि वार्ता सुरु गरेका छन्। उनले लेबनानमा प्यालेस्टाइनी सभामुख नबिह बेरीसँग सोमबार तथा अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनसँग मंगलबार भेट गरेका छन्।

होचेसटाइनलले युद्ध रोकिने बाटोसहित वार्ता सुरु गरेको जनाइएको छ। वार्तामा लेबनानको सम्प्रभुताको विषय मुख्य रूपमा उठाइएको छ। धेरै मानव अधिकारवादीको मतमा उत्तरी गाजामा आदीबासीको समाप्तिको विषयमा अहिले भिन्न मत उत्पन्न हुन थालेका छन्।

अहिले गाजमा रहेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रणनीतिक मामला सल्लाहकार रोम डरमसँग भेट गरेका छन्। यस विषयमा एउटा योजनामा छलफल भएको जनाइएको छ।

समाचार श्रोतका अनुसार ब्लिन्केनको सुरुवाती प्रस्तावलाई नेतान्याहुले अस्वीकार गरेका छन्। अर्को समाचारका अनुसार ४ अक्टोबरमा विस्फोट भएको स्थानमा नेता हसिम सादेफाइनको उपस्थिति तथा उनको अवस्थाका बारे हिजबुल्लाहले कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ०१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने