सरकारको सय दिन भ्रष्टाचारी बचाउनमै केन्द्रित : प्रचण्ड « Khabarhub

सरकारको सय दिन भ्रष्टाचारी बचाउनमै केन्द्रित : प्रचण्ड


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् ।

पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँग आज भएको भेटमा उनले वर्तमान सरकार गठन हुँदा जे आशङ्का गरिएको थियो सय दिनको बीचमा सरकारले त्यसलाई नै पुष्टि गर्ने काम गरेको बताए ।

प्रचण्डले विपक्षी दलहरूले मात्रै नभइ नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरूले समेत सरकारका कामकारवाहीप्रति असन्तुष्टि जनाइरहेको दाबी गरे । उनले सरकारले गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको आरोप लगाए । 

उद्योगहरूको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनले ठोकुवा गरे ।

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरूले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए ।

प्रचण्डले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै आगामी शनिबार पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न लागिएको जानकारी दिए ।

उनले पार्टीको पक्षमा देशव्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी सङ्गठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गरे ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १० : ४२ बजे

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद,

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको