सयदिने उपलब्धिको समीक्षा र आगामी बाटो तय गर्न सत्तारुढ दलले संयुक्त बैठक गर्ने « Khabarhub

सयदिने उपलब्धिको समीक्षा र आगामी बाटो तय गर्न सत्तारुढ दलले संयुक्त बैठक गर्ने


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलहरूले सरकारका हालसम्मका कामहरूबारे साझा दृष्टिकोण बनाएर आगामी बाटो तय गर्न संयुक्त बैठक गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ दलहरूको बैठकले सरकारका हालसम्मका उपलब्धि र आगामी दिनका कामहरूबारे छलफल गर्न बैठक बोलाउने निर्णय गरेको हो ।

बालुवाटार बैठकपछि एमाले महासचिव शंकर पोखरेलले शुक्रबार दिउँसो ३ बजेका लागि सत्ता साझेदार दलहरूको बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए ।

‘सरकारमा रहेका दलहरूका तर्फबाट अहिलेसम्मका काम र आगामी दिनमा सरकारमा रहेका दलहरूका तर्फबाट सामूहिक रूपमा कसरी अगाडि बढ्ने भन्नेबारे पर्सि ३ बजे बैठक बसेर दृष्टिकोण बाहिर ल्याउने सहमति गरेका छौँ,’ पोखरेलले भने ।

उनले बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सय दिन पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्ने पनि जानकारी दिए ।

‘सरकार गठनको सय दिन पुगेको उपलक्ष्यमा प्रधानमन्त्रीज्यूले ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ,’ महासचिव पोखरेलले भने, ‘उहाँले सरकारका तर्फबाट भए गरेका कामहरू र आगामी दिनमा गर्ने कामहरूको सन्दर्भका बारेमा सम्बोधन गर्नुहुनेछ ।’

सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवम् मुद्दामा समान धारणासहित एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहबारे सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : २८ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको