रविबारे गृहमन्त्रीले भने- फौजदारी घटना अदालतमा गइसक्यो, सडकमा विरोध प्रदर्शन गलत « Khabarhub

रविबारे गृहमन्त्रीले भने- फौजदारी घटना अदालतमा गइसक्यो, सडकमा विरोध प्रदर्शन गलत


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सहकारीको बचत रकम अनियमिततासम्बन्धी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ दलहरूको बैठकमा उक्त प्रकरणबारे ब्रिफिङका क्रममा लेखकले यस्तो बताएका हुन् ।

‘संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहितलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको हो’, उनले भने, ‘फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित होइनन् ।’

रवि पक्राउ प्रकरणसहितका घटनाबारे सत्तामा रहेका दलहरूले आ-आफ्ना तर्फबाट वक्तव्य जारी गर्ने सहमति पनि गरेका छन् ।

उनीहरूले रास्वपाबाट भइरहेको प्रदर्शनका सन्दर्भमा न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्दै वक्तव्य निकाल्ने भएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लखेक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ३६ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान